Advertisement
|
मानिसका लागी जीवनलाई सुखपूर्वक जीउनकालागी
पैसाको आवश्यकता पर्छ । मानिसहरुले पैसाको अभावमा
निकै पिडा, दु:ख झेलिरहेका हुन्छन् । यस्तो समस्याबाट
बच्नका लागी मानिसले थोरै धर्मको साथ लिए उसले
आफ्नो जीवनमा सुख पाउन सक्ने धर्ममा आस्था राख्नेहरू
बताउँछन् । जो मानिस जीवनमा धनी हुन चाहन्छ उसले
यदी प्रत्येक शनिबार या मंगलबार यो उपाय अपनाउन सके
उसका समस्याहरु बिस्तारै समाप्त हुँदै जानेछन् । ऊ
जीवनमा धनवान् र चिन्तामुक्त हुन सक्नेछ ।
प्रत्येक हप्ताको मंगलबार या शनिबार बिहानै उठेर आफ्नो
नित्यकर्म गरी पीपलको ११ वटा पात चुलालेर ल्याउने ।
यहाँ के विचार गर्नुपर्छ भने ती ११ वटा पात पूरा हुनुपर्छ ।
कुनै पनि पात चुडिएको या च्यातिएको हुनु हुँदैन । यसपछी
पानि र अष्टगंध या चन्दन मिलाएर ती ११ वटै पातमा
श्रीराम लेखेर ती पातबाट माला बनाएर कुनै
हनुमानथानमा गएर हनुमानलाई चढाउने । याद राख्नुस्
पातमा श्रीराम लेख्दा हनुमान चालिसाको पाठ गर्न
बिर्सनु हुँदैन । यसप्रकार केही समय यो कार्यलाइ
निरन्तरता दिने हो भने अविश्वसनिय सकारात्मक
परिणाम प्राप्त हुनेछ ।
याद राख्नुस यो कार्य गर्दा कुनै पनि प्रकारको
अधार्मिक कार्य नगर्ने तथा आफ्नो कर्तव्यप्रति इमान्दार
हुनु जरूरी हुन्छ । यदी यस्त भयो भने गरेका सबै कार्य
निस्प्रभावी हुनेछन् ।
2 comments
प्रतिक्रिया दिनुहोस्...

February 17, 2016 at 11:34 AM
हो विश्वास गरे अवस्य फल पाईन्छ ।शक्ति भगवान शब्द हुन्छ तर आफु पनि विवेकी हुन जरूरी छ ।
February 17, 2016 at 11:34 AM
हो विश्वास गरे अवस्य फल पाईन्छ ।शक्ति भगवान शब्द हुन्छ तर आफु पनि विवेकी हुन जरूरी छ ।