Advertisement
|
आजकल मानिसहरू प्रविधीमा निकै व्यस्त रहन्छन् ।
प्रविधीको प्रयोगका लागि मानिस हरपल तयार रहन्छ र
सकेसम्म प्रविधीमा नै आफ्नो दिनचर्या बिताउन
चाहनेहरुको संख्या निकै नै बढेको छ । हरेक सूचना,
मानिससँगको मित्रतालगायतका अन्य धेरै अवस्थामा
प्रविधीले मानिसलाई सहज बनाएको छ ।
यहाँसम्म की प्रविधीका कारण मानिसले आफ्नो दैनिक
जीवनयापन समेत धेरै परिवर्तन गरिसकेका छन् । प्रविधीको
प्रयोगका कारण अहिले मानिसमा सेक्सको चाहना समेत
घट्दै गएको रिपोर्टहरुले देखाउन थालेका छन् । मानिसहरू
सेक्सका विषयमा भन्दा प्रविधीका विषयमा बढी सोच्ने
र पहिले सेक्सको लागी प्रयोग गरिने समय समेत
प्रविधीमा बढी प्रयोग गर्न थालेका छन् ।
भर्खरै प्रकाशित गरिएको एक रिपोर्टमा भनिएको छ,
विषेशगरी अमेरिकी महिलाहरू सेक्स बिना रहन सक्ने तर
मोबाइल बिना रहन नसक्ने अवस्थामा पुगिसकेका छन् ।
इन्टरनेट सेक्युरिटी एण्ड आप्टिमाईजेशन कम्पनी एबीजी
टेक्नोलजिजको एक सर्वेले अमेरिकी महिलाहरुलाई सेक्स
या स्मार्टफोन रोज्न लगाए धेरैले स्मार्टफोन रोज्ने बताए
। तर, यही प्रश्नमा फ्रान्सका महिलाहरूमध्ये ४० प्रतिशत
महिला भने सेक्सलाई पहिलो चाहना ठान्छन् । फ्रान्सेली
कतिपय महिलाहरूले आफू स्मार्टफोनबिना बाच्न सक्ने तर
सेक्स बिना बाच्न नसक्ने बताए ।
यस्तै, ब्राजिलका महिलाहरूमध्ये ४४ प्रतिशत महिलाले
सेक्सलाई भन्दा मोबाइल नै रोजे ।
गत अप्रिलमा गरिएको सर्वेक्षणमा अमेरिका, बेलायत,
फ्रान्स, क्यानडा, जर्मनी, ब्राजिल लगायतका देशका
करिब ४ हजार महिलाहरूको सहभागिता थियो । यस
सर्वेक्षणमा धेरै महिलाले सेक्सलाई भन्दा स्मार्टफोनलाई
रोजेको पाइएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...