-->
सुशीला कार्कीलाई काममा फर्कन आदेश दिइरहँदा यसरी रोए न्यायाधीश राणा !
Advertisement

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलाई अघि नबढाउन आदेश दिइरहँदा न्यायाधीश चोलेन्द्र जबराले आदेशपत्रमा आफ्नो मानवीय भावना समेत पोख्न भ्याएका छन् । विश्वका अदालती प्रक्रियामा हुने विरलै घटनाहरुमध्ये एक घटना शुक्रबार नेपालमा देखिएको छ । विश्वका न्यायलयहरुमा न्यायिक फैसला गर्दा विरलै न्यायाधीसहरुले आदेश पत्रमा आफ्नो भावना पोख्ने गर्छन् तर ती विरलै घटनाहरुमा नेपालको एउटा न्यायिक घटना इतिहासमा दर्ज भएको छ । प्रधानन्यायाधीश कार्कीमाथि लागेको महाअभियोगको प्रस्ताव अघि नबढाउन आदेश दिइरहँदा प्रस्तुत गरिएको आदेशपत्रमा न्यायाधीश राणाले नेपालाई सतिले श्राप दिएको देश भन्दै राजनीतिक प्रवृत्तिमाथि कडा व्यंग्य र दह्रो झापड हान्न भ्याएका छन् । उनले आदेशपत्रमा थुप्रै शब्दहरु खर्च गरेर नेपालको दुःखद अवस्थाबारे आफ्नो व्यक्तिगत भावना पोखेका छन् । ‘मेरो मन मलिन, उदास र अशान्त भैरहेको महसुस गरिरहेको छु, । …बादल लागेको दिनजस्तो हिन भावना जागृत भएको अवस्था देखिने गरी प्रतिविम्वित भैरहेको छु, महसुस गरिरहेको छु ।’ उल्लेखित प्याराग्राफ न्यायाधीश राणाले दिएको आदेशको सानो अंश मात्र हो । उनले सम्माननीय प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिनदेखि सर्वोच्चका सबै न्यायाधीशहरुको अनुहारमा बादल लागेको जस्तो हिन भावना जागृत भएको अवस्था देखिएको भन्दै आदेशपत्रमा आफुलाई निकै दुःखद क्षणबाट गुज्रिरहेको व्यक्तिका रुपमा प्रस्तुत गरेका छन् । आदेशपत्रका अक्षरहरुमार्फत आँसु झारेका न्यायाधीशले न्यायपालिकाको मुल्य र मान्यतालाई जोगाउनु आफ्नो कर्तव्य ठानेका छन् । यसरी एउटा न्यायालयमाथि भएको राजनीतिक हस्तक्षेप र न्यायपालिकाको अवधारणामा खेलवाड गर्दा कुनै पनि निकाय वा नागरिकको हकहित संरक्षण हुन नसक्ने भन्दै उनले यसको संरक्षणका लागि र भविष्यका सन्ततीका लागि समेत स्वतन्त्र न्यायपालिकाको मुल्य र मान्यतालाई अघि बढाउनु आफ्नो कर्तव्य रहेको उल्लेख गरेका छन्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.