Advertisement
|
मुटुसम्बन्धी समस्यादेखि कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। केराले तत्काल ऊर्जा दिन्छ। त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ। यही भएर विश्वका प्रख्यात धावकहरुका लागि केरा एउटा महत्वपूर्ण फल हो। आज हामी तपाईलाई केरा खानुका फाइदाका बारेमा केही जानकारी गराउँछौँ :
ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन्। यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ।
वैज्ञानिकहरुले विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्। दैनिक १६ सय एमजी पोटासयुक्त खानेकुराले पाँच भागमा एक भाग स्ट्रोकको समस्या घट्छ। औसत केरामा करिब पाँच सय मिलिग्राम पोटासियम हुन्छ। पोटासियमको यस मात्राले रक्तचाप घटाउँछ र शरीरमा तरल पदार्थको सन्तुलनमा नियन्त्रण ल्याउँछ। दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको यसअघिको एक अध्ययनअनुसार नियमित डाइटका रुपमा केरा खाँदा स्ट्रोकबाट हुने खतरालाई ४० प्रतिशतले घटाउँछ।
हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ।
डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस्। केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ।
उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ।
उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ।
केरा र दिमागी तेजबीच पनि अनौठो सम्बन्ध छ। नियमित केरा खानको मस्तिष्क तेज हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ। अमेरिकामा दुई सय जना स्कुले विद्यार्थीलाई ब्रेकफास्ट, ब्रेक र लन्चको समयमा नियमित केरा खुवाई उनीहरुको स्मरणशक्तिलाई सशक्त बनाइएको थियो। पोटासियमयुक्त केराले विद्यार्थीलाई धेरै सचेत गराएको अनुसन्धानहरुले देखाएका छन्।
उच्च फाइबरयुक्त केराले कब्जियत रोगका लागि औषधि नै हो।
मदिराको ह्याङओभर भएर हिँडडुल गर्न कठिनाइ भएको छ ? छ भने एक, दुई कोसा केराले नै तत्काल ह्याङओभर हटाइदिन्छ । केरासँग मह मिसाएर खानेबित्तिकै यसले पेटलाई आराम गरिदिन्छ ।
केरामा एन्टिएसिड तत्व हुन्छ । तसर्थ छाती मुटु पोल्ने समस्या छ भने तत्कालै राहत मिल्छ।
गर्भवतीमा हुने वाकवाकी, वान्ता, चक्कर लाग्ने जस्ता मर्निङ सिकनेस रोक्न पनि केरा उपयुक्त हुन्छ। केराले रगतमा सुगरको तहलाई उच्च बनाइदिन्छ।
केराको बोक्राभित्रको गुदो शरीरमा दल्दा लामखुट्टले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुुने धेरैको विश्वास छ।
केरा भिटामिन बीयुक्त भएकाले यसले स्नायुप्रणालीलाई शान्त पार्न पनि सहयोग पुर्याउँछ ।
इन्स्टिच्युट अफ साइकोलोजी इन अस्ट्रेलियाको अध्ययनअनुसार काममा हुने चापले चकलेट र चिप्सलगायतका फास्टफुडमा निर्भर हुने गर्छन् । पाँच हजार अस्पतालका बिरामीमा गरिएको अध्ययनमा अधिकांश मोटा बिरामी बढी तनाव हुने काममा आबद्ध हुने बताएका थिए । सो अध्ययनअनुसार हरेक दुई, दुई घन्टामा कार्बोेहाइड्रेडयुक्त खाना खाएर हाम्रो शरीरको ब्लड सुगरलाई नियन्त्रण गर्नुपर्छ र त्यसका लागि केरा पनि एउटा महत्वपूर्ण फल हो ।
नरम र चिप्लो गुणका कारण कुनै पनि आन्द्रासँग सम्बन्धित असन्तुलनविरुद्ध केरालाई एउटा पोषणयुक्त खानाका रुपमा लिन सकिन्छ। एक त यो फल सजिलै खान सकिन्छ, अर्कोतर्फ शरीरको बढी भएको एसिडिटीलाई तटस्थ बनाइदिन्छ।
अन्य फलफूलको तुलनामा केरा निकै शान्त फल हो । यसले आमा हुन लागेकाहरुलाई शारीरिक र मानसिक रुपमा शान्त बनाइदिन्छ । बच्चा जन्मिँदा मानसिक शान्ति होस् भनेर थाइल्यान्डमा गर्भवतीले नियमित केरा खाने गर्छन्।
मुटुजन्य समस्यामुक्त :
हड्डी बलियो :
डिप्रेसनबाट मुक्त :
पीएमएस :
एनेमिया :
रक्तचापको समाधान :
दिमाग तेजिलो :
कब्जियतको औषधि :
ह्याङओभ :
छाती दुखाइमा निको :
मर्निङ सिकनेस रोक्छ :
लामखुट्टेको टोकाइबाट बच्न :
शान्त बनाउँछ :
ब्लड सुगर नियन्त्रण :
अल्सरबाट बचाउँछ :
तापक्रम नियन्त्रण :
एजेन्सी

0 comments
प्रतिक्रिया दिनुहोस्...