Advertisement
|
काठमाडौं, ७ फागुन । राजधानीमा मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा खरिदबिक्री हुने गरेको खुलासा भएको छ । पेशेवर जुवाडेहरुले जुवा जित्नका लागी यस्ता वस्तुको खरिदबिक्रीमा गर्ने गरेको खुलासा भएको हो । प्रहरीका अनुसार राजधानी काठमाण्डौका बिभिन्न स्थानमा मान्छेका खप्पर, हड्डी लगाएतका अंगहरुका साथै बनझाँक्रीको पञ्जा करोडौमा बिक्री हुने गरेको भेटिएको हो । महाशाखाका अनुसन्धान अधिकारीका अनुसार पेसेवर जुवाडेले करोडौंको जुवा खेल्न जाँदा यस्ता वस्तु आफूअनुकूल खरिद गर्ने वा भाडामा लिएर जाने गरेका छन्।
प्रहरीले अनुसन्धान टुंग्याएको गत असारको एउटा घटनामा मानव खप्पर र हाडखोर काठमाडौं चावहिल मित्रपार्क चोकमा रहेको एउटा पसलबाट खरिद गरेको पुष्टि भइसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा बरामद मानव खप्पर मित्रपार्कमा रहेको जडीबुटी पसलबाट खरिद गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका थिए। प्रहरीका अनुसार सीता सिवाकोटीले सञ्चालन गरेको उक्त पसलमा पक्राउ परेका कानु पहरीले आफूले पहिला पनि खरिद गरेको बताउँदै मानव खप्पर मागेका थिए । सीताका ससुरा प्रेम सिवाकोटीले सञ्चालन गर्ने उक्त पसलमा ससुराको मृत्युपछि उनी बस्दै आएकी थिइन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...