-->
सिस्नुको तरकारी खाँदा स्वास्थ्यलाई धेरै फाइदा ! सिस्नोले किन पोल्छ ?
Advertisement

सिस्नो अङ्ग्नेजीमा नेटल(Nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान ‘गउडा चीज'(Gouda) र यार्ग(Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।
सिस्नोको प्रयोगबाट निम्न फाइदा मिल्छ
सुकाएर धुलो पारिएको सिस्नोले रक्तचाप तथा मधुमेहका बिमारीलाई निकै फाइदा पुर्यौछ
ताजा पात वा मुन्तालाई तरकारीको रुपमा पकाई खानाले रक्त अल्पता पिसाब तथा
पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा राम्रो फाइदा पुर्याउछ, आखा तथा छालालाई सुन्दर राख्दछ .


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.