-->
यही जुनीमा पूरा भयो ‘ओलीको सपना’
Advertisement

ललितपुर, कात्तिक ५ । आजदेखि ललितपुरको इमाडोलमा मिथेन (प्राकृतिक ग्यास) उत्पादनको काम सुरु हुने भएको छ । आज दिउँसो उद्योग मन्त्री नविन्द्रराज जोशीले उक्त ग्यास उत्पादनको औपचारिक सुरुवात गर्ने उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न २ वर्ष लगाएर ड्रिलिङको काम सकाएपछि उक्त प्राकृतिक ग्यासको औपचारिक रुपमा उत्पादन सुरु हुने भएको हो ।
स्वदेशमा नै ग्यास उत्खननका लागि पहिलो पटक नमूना परीक्षण हुन लागेको छ । खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमाडोलमा मिथेन ग्यासको नमूना परीक्षण गर्न लागेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट, थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा पहिलो पटक सुरक्षित तरिकाले ग्यासको नमूना परीक्षण गर्न लागिएको विभागले जनाएको छ ।
विभागले इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्श निकालेको छ। इमाडोलको परीक्षणले सफलता पाएपछि अन्य स्थानमा पनि यसरी नै तदारुकताका साथ लागिपर्ने विभागले जानकारी दिएको छ। उत्खनन् गरिएको ग्यास भण्डारण गरी पहिलो चरणमा सरकारी कार्यालयमा प्रयोगमा ल्याउने तयारी छ ।


Advertisement

1 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.