-->
सयौं गोल नजिक रहेका रोनाल्डोको जिदानले गरे तारिफ
Advertisement


 
    ☌
सयौं गोल नजिक रहेका रोनाल्डोको जिदानले गरे तारिफ
म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार लेजिया वार्साविरूद्धको खेलमा आफ्नो स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको योगदानको प्रसंसा गरेका छन्। यद्यपी ५–१ ले विजयी यो खेलमा पनि रोनाल्डो गोल गर्न असफल भए।
पोलिस क्लबविरूद्ध गारेथ बेल, मार्को असेन्सो, लुकास भाज्क्युज, अल्भारो मोराटा र टोमाज जोडलोविकको आत्मघाती गोलका कारण म्याड्रिडले फराकिलो जीत हात पारेको थियो। गोल नगरेपनि टिमलाई सघाउन उनले गरेको योगदानको जिदानले खुलेर प्रसंसा गरे। ‘उनले उत्कृष्ट खेले।
अरुलाई बल उपलब्ध गराए। उनले मौका पनि पाएका थिए तर गोलमा परिणत गर्न सकेनन्। उनले ४ दिनभित्र आउने अर्को खेलमा गोल गर्ने कुरामा कुनै शंका छैन्,’ पूर्व फ्रेन्च स्ट्राइकरले भने। पोलिस क्लबविरूद्ध रोनाल्डोको खेल त्यति खराब थिएन। उनले गोलको केही अवसर जुटाएका थिए। तर, उनको खेल एकदमै तारिफयोग्य पनि थिएन।
च्याम्पियन्स लिगमा ९८ गोल गरिसकेका रोनाल्डो सयौं गोलभन्दा केही गोलले मात्र पछाडि छन्। पोर्चुगलका यी कप्तानले लेजियाविरूद्ध घरेलु सान्टियागो बेर्नाबाउमा हुने आगामी खेलमा सयौं गोलको कीर्तिमान राख्नेमा आशा गरिएको छ।
Setopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.