-->
जहाँ चामलको प्रतिकेजी २३० र नुन प्रतिप्याकेट १८० रुपैयाँ तिर्नुपर्छ
Advertisement

बिहीबार, ९ वैशाख
। सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे यस्तो गाउँ हो जहाँका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् ।

आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् ।

पाँचपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार यसबेला हिमाल चढ्न गाउँका ५० भन्दा बढी युवा निस्किएका छन् ।
सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ ।

आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् ।

“हिमालको काम एकदमै खतरा छ, कुन बेला के हुन्छ केही ठेगान छैन, कमाउने माध्यम केही छैन, अनि हिमाल नगएर कसरी परिवार पाल्नु र ?”– तीन पटक सगरमाथाको शिखर चुमेका फोर्चेकै आङ छिरिङ शेर्पाले भने ।

यहाँ सामान्य चामलको प्रतिकेजी रु २३० पर्छ । नुन पनि एक केजीको १८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।
महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेहरूले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाई भने निकै कम हुन्छ ।
nepalsandesh


Advertisement

1 comments

#NepalGovernmentSucks #rice packet $23 #Salt $18

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.