-->
यी हुन् ‘डन’का गुरु, यसरी मन्त्री बन्दैछन्
Advertisement

काठमाडौं, ९ वैशाख । कुनै सयम काभ्रेली समूहका नाइके गणेश लामाका गुरुका रुपमा चिनिने रेशम लामा स्थानीय विकास सहायक मन्त्रीमा सिफारिस भएपछि केपी ओली सरकारफेरि विवादमा मुछिएको छ ।
राप्रपा नेपालले हालै मात्र स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई आन्तरिक शक्ति संघर्षका कारण फिर्ता बोलाएर डनका गुरु लामालाई मन्त्रीमा सिफारिस गरेको हो । राप्रपा नेपालका समानुपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
अध्यक्ष कमल थापाले अमेरिका उड्नु अघि लामालाई मन्त्रीमा सिफारिस गरेका हुन् । मैतीदेवीदेखि बत्तीसपुतलीसम्मलाई आधार क्षेत्र बनाएर अबैध ढुकुटीको कारोबार गर्ने, फसेको पैसा उठाउने तथा टेण्डरमा गुण्डागर्दी गर्ने काममा लामा जोडिदै आएका छन् । उनी गुण्डागर्दी गरेको आरोपमा केही वर्ष अघि पटक–पटक पक्राउ परि छुट्दै आएका थिए ।
ढुकुटी खेलाएर अरुलाई लुट्ने धन्दा चलाउँदै आएकी बत्तिसपुतलीकी मिना राईलाई लामाले संरक्षण दिंदै आएका छन् । राईसँग अवैध सम्बन्धमा मुछिएका लामाले राइको टक्सन गाडी बेचेर रकम नदिएपछि उनीहरुबीच विवाद भएको थियो ।
काठमाडौं प्रहरी परिसरमा राजेन्द्र श्रेष्ठ एसएसपी छँदा लामाले गुण्डा नाइके रमेश बाहुनका सहयोगीहरुलाई हातमा लिएर ढुकुटीमा फसेका महिलाहरुको पैसा उठाउने काम गर्दा प्रहरीले लामामाथि निगरानी समेत गरेको थियो । लामा मन्त्रीमा सिफारिस भएपछि काभ्रेली समूहका सदस्यहरु खुसी भएका छन् ।
दैनिक नेपाल  बात


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.