Advertisement
|
एजेन्सी । दक्षिण कोरियामा हालै अचम्मको आयोजना सञ्चालन गरिएको छ । एक खबरअनुसार त्यहाँ मानिसलाई मृत्युको अनुभव गराईन्छ । यसको उद्देश्य मानिसलाई आफ्नो जीवनको महत्व बुझाउनु हो ।
Death Practice
यसैपनि दक्षिण कोरियामा आत्महत्याको दर एकदमै बढी छ । यस आयोजनामा एकदमै हतास र जीवनबाट बिरक्तिएका मानिसहरुलाई समावेश गरिन्छ । अनि उसलाई मर्ने नाटक गर्न लगाईन्छ । सहभागीलाई सबैभन्दा पहिले एउटा ठूलो कोठामा लगिन्छ । जहाँ लास राख्ने धेरै बाकसहरु हुन्छन् ।
अनि उनीहरुलाई सेतो कपडा लगाउन दिईन्छ र अन्तिम पत्र लेख्न भनिन्छ । पत्र लेखिसकेपछि उनीहरुलाई लासको बाकसमा हालेर एकदमै मौन वातावरण सिर्जना गरिन्छ । त्यसपछि उनीहरुको अवस्थाको फोटो र भिडियो पनि लिईन्छ ।
वातावरण नै यसरी तयार पारिएको हुन्छ कि मानिसहरुले आफ्नो अन्तिम क्षणको अनुभूति गर्छन् । जसले उनहरुलाई जीवनको महत्व बुझाउन सहज हुन्छ । यसरी तयार पारिएको फोटो तथा भिडियो देखाएर समेत अन्यलाई जीवनको महत्व बुझाईन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...