Advertisement
|
आफू कत्तिको राम्रो छु, कस्तो देखिन्छु ? भन्ने जिज्ञासा आममानिसमा हुन्छ । एेना हेरौँ भने पनि आफैँलाई राम्रो लाग्नु र नलाग्नुको के अर्थ ! कसैलाई सोधौं भने हेर्नेहरुको नजरमा फरक पर्छ । आमालाई सोध्नुस् त उनलाई आफ्नै छोरो सबभन्दा राम्रो लाग्छ । साथीभाइलाई सोधौँ भने पनि एकज्याक्ट तँ यस्तो भनेर कसैले भन्दैनन् । त्यसो भए कसलाई सोध्ने त ? अब पिर नगर्नुस्, प्रविधिले सुन्दरता जोख्ने तुलो बनाएको छ ।
यसले सुन्दरतामात्रै होइन, तपाईं कति वर्षकोजस्तो देखिनु हुन्छ, त्यो पनि विनापूर्वाग्रह भनिदिन्छ । कहाँ छ त सुन्दरता जोख्ने त्यो तुलो ? BLINQ नामको साइट www.howhot.io खोल्नुहोस् र आफ्नो फोटो अलोड गर्नुस्, यसले तपाईंको सुन्दरताबारे नढाँटी भनिदिन्छ ।
लेटेस्ट आर्टिफिशियल इन्टेलिजेंस सफ्ट्वेरको मद्दतबाट तपाईंले केही सेकेण्डमै आफ्नो सुन्दरता जाँच्न सक्नुहुन्छ । नतिजासँग त्यहाँ तपाईंको उमेर र सुन्दरताको र्याङ्किङ पनि उल्लेख हुन्छ । सबैभन्दा सुन्दरलाई GodLike र सबभन्दा नराम्रोलाई Hmm बरियता प्राप्त हुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...