-->
जापानी युवती भन्छिन्, ‘पैसा ठूलो होइन, सुखशान्ति नेपालमा रहेछ’
Advertisement

काठमाडौं । आकर्षक सुविधा खोज्नका लागि नेपाली युवाहरू जापान जानकै लागि अनेकौ उपाय अपनाउने गर्छन् । यतिमात्रै होइनकि जापान जानकै लागि वर्षेनि युवाहरूले लाखौँ रुपैयाँ डुबाउने गरेका छन् । आखिर जापानमा त्यस्तो के छ त ?
आर्थिक वृद्धि र भौतिक सुविधाले सम्पन्न जापानका युवापुस्तामा भने त्यसको खासै आकर्षण देखिदैन । जापानको एक सरकारी विद्यालयमा कक्षा दशमा अध्ययनरत १७ वर्षीया छात्रा यामामोतो सिजुकु भन्छिन्, ‘पैसाले मात्रै सबै थोक पाइँदैन ।

नेपालीहरू हामीभन्दा संस्कृतिमा सम्पन्न रहेछन् । नेपालीहरूको सबैभन्दा ठूलो सम्पत्ति संस्कार र संस्कृति रहेछ ।’
जापान सरकारको शिक्षा मन्त्रालय छात्रवृत्ती अध्ययन अन्तर्गत एक महिनाका लागि ७ मार्चमा काठमाडौं आएकी सिजुकुले भूकम्पबाट प्रभावित जिल्लाहरू काभ्रे र सिन्धुपाल्चोकका साथै राजधानीका स्कुलहरूको भ्रमण गरिसकेकी छिन् । ती जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला र स्थानीयको मिहेन देखेर दङ्ग परेकी सिजुकु भन्छिन्, ‘नेपाली विद्यार्थीमा साधन स्रोतको कमी हुँदाहुँदै पनि केही सिकु भन्ने उत्साह पाएँ ।’



जापानमा आफ्नो अध्ययन अबधिभरको पठनपाठन र नेपालको पठनपाठनमा जमिन आसमानको अन्तर पाएकी उनले भनिन्, ‘जापानमा विद्यार्थीलाई किताव बोक्नु पर्दैन । होमवर्क पनि घरमा ल्याएर गर्नुपर्दैन । सबै स्कुलमा गरिन्छ । जापानमा शिक्षकले विद्यार्थीलाई नजानिदो तरिकाले सिकाउँछन् । नेपालमा भने विद्यार्थी आफैले सिक्नु पर्दो रहेछ ।’
नेपाल र जापनको शिक्षाका विषयमा आफ्नो अनुभव सुनाउँदै सिजुकु अगाडि भन्छिन्, ‘जापानमा प्राविधिक र व्यवहारिक शिक्षा लिन्छौँ । सानैदेखि प्राविधिक ज्ञान दिइन्छ । नेपालमा भने त्यस्तो ज्ञान दिएको पाइन ।’
छाप्रोमा बसेका बालबालिकाहरू अत्यन्तै खसी भएको देख्दा सुद्ख अनुभव गरेकी सिजुकुले पैसाले मात्रै सबै थोक नपाइने उनाउँछिन् । भन्छिन्, ‘जापानमा पैसा छ तर नेपालमा जस्तो पारिवारिक खुसी छैन । यो खुसी छाप्रोले दिएको छ । जापानमा पैसा छ, तर त्यसले सबै खुसी दिन सकेको छैन ।’

जापानको संस्कृति विद्यालयमा शिक्षकले सिकाउने भएकाले सबै एकै प्रकारको संस्कृति हुने गरेको उनको भनाइ छ ।
नेपालमा भौतिक सुविधा नभए पनि प्राकृतिक र सांस्कृतिले धनी रहेको सिजुकुको बुझाइ छ । नेपाललाई दक्षिण एसियाकै गरिब देशका रुपमा प्रचार हुने गरेकोप्रति उनले असन्तुष्टि जनाइन् । उनी नेपालालाई गरिब देश भनेर मान्न तयार छैनिन् ।

भूकम्प प्रभावित जिल्लाको अबलोकनका क्रममा रहेकी सिजुकुले नेपाली नाम पनि पाएकी रहेछिन् । उनको नेपाली नाम ‘लक्ष्मी लामा’ राखिएको रहेछ । यो नाम उनलाई समाजसेवी गणेशमान लामाले जुराइ दिएका रहेछन् । लामाले नै उनलाई नेपालमा सहयोग गरिरहेका छन् ।
सिजुकु नेपाली समाजको अध्ययन र अनुसन्धानका लागि आएकी हुन् । सिजुकुलाई नेपालमा ‘आइजीसी’ फाउन्डेसनले शैक्षिक सहयोग गरेको छ । नेपालका विद्यालय र विद्यार्थीलाई सहयोग गर्न जापानका सडकमा उभिएर चन्दा उठाएकी सिजुकुले भूकम्प प्रभावित विद्यार्थी र अनाथ विद्यार्थीका लागि फेरि पनि सहयोग गर्ने प्रतिक्रिया दिन्छिन् ।
आफ्नो मुलुकको शैक्षिक कार्यक्रम अन्तर्गत नेपाली संस्कृति, रहनसहन, विकास र समाजिक विषयमा अध्ययन गर्न आएकी सिजुकुले नेपालको संस्कृतिलाई औधि मन पराएकी छिन् । सिजुकी जापानको कोबे रिउ को कु हाइस्कुलकी छात्रा हुन् ।

जापान पब्लिक प्राभेट पार्टनरशिप विद्यार्थी अध्ययन अन्तर्गत तोबिताते युवा दूत कार्यक्रममार्फत सिजुकु नेपाल आएको उनले बताइन् ।
जापान सरकारले प्रत्येक वर्ष विश्वका अधिकांश देशहरूमा संस्कृतिका साथै विकासका विषयमा जानकारी लिन ३ सय ३ जना विद्यार्थीलाई पठाउने गर्छ । सोही कार्यक्रम अनुसार उनी नेपाल आएकी हुन् । उनले नेपालमा सिकेका विषय आफ्नो मुलुकमा गएर सबैलाई जानकारी गराउने छिन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.