Advertisement
|
काठमाडौं – यस शताब्दीको अन्त्यसम्ममा
फेसबुकमा जिवितभन्दा धेरै मरेका व्यक्तिहरुको प्रोफाइल
हुने अध्ययनकर्ताहरुले बाएका छन् । हाल १.५
बिलियन प्रयोगकर्ता रहेको फेसबुक सन् २०९८ सम्ममा
संसारकै सबैभन्दा ठूलो ‘भर्चुअल चिहान’ हुने
उनीहरुको दाबी रहेको छ ।
फेसबुकले आफै मृत प्रयोगकर्ताको प्रोफाइल नहटाउने
नीति अख्तियार गरेको कारण जिवित
व्यक्तिको प्रोफाइल संख्यालाई मृत व्यक्तिको प्रोफाइलले
उछिन्ने बताइएको छ । म्यासेचुसेट विश्वविद्यालयमा
विद्यावारिधी गर्दै गरेका हाचेम
सादिकीले उक्त अनुमान प्रस्तुत गरेका
हुन् । अमेरिकीमा ७० प्रतिशत व्यस्कले
फेसबुक प्रोफाइल बनाएका छन् भने बेलायतमा त्यसको
संख्या ५० प्रतिशत रहेको छ । यही
आधारमा फेसबुकको प्रयोगकर्ताको बृद्धिमा खासै प्रगति
नहुने बताउँदै उनले उक्त अनुमान प्रस्तुत गरेका छन्
।
फेसबुकले हाल मृत व्यक्तिको प्रोफाइल बन्द
नगरी राख्ने गरेको छ । उक्त प्रोफाइल
बन्द गर्न कसैलाई व्यक्तिको पासवार्ड नै थाहा
हुनुपर्नैछ ।
सन् २०१० मा ३ लाख ८५ हजार फेसबुक
प्रयोगकर्ताको निधन भएको थियो भने सन् २०१२ मा ५
लाख ८० हजार को निधन भएको थियो । यस वर्ष यो
संख्या ९ लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।
फेसबुकमा जिवितभन्दा मृत व्यक्तिको प्रोफाइल
हाबी हुने विषयमा फेसबुकलाई प्रश्न
गर्दा फेसबुकले केही कमेन्ट गर्न मानेन
। पछिल्लो समय यस विषयलाई लिएर निकै विवादहरु
सृजना भएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...