Advertisement
|
चैत ३
इस्लामाबाद – एक पाकिस्तानी मोडलले पाकिस्तानी
क्रिकेट टोलीसामु अनौठो अफर राखेकी छिन् ।
जारी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई
हराए, कप्तान शाहिद अफ्रिदी र आफ्ना फलोअरका लागि
स्ट्रीप डान्स गर्ने प्रस्ताव गरेकी छिन् ।
कंदील बलोच नाम गरेकी पाकिस्तानी
मोडलले आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै सो अफर गरेकी
हुन् । उनी प्राय यस्तै विवादीत बयानका कारण
चर्चामा रहन्छिन् ।
यसअघि एसिया कपको दौरान पाकिस्तानसँग पराजित भएपछि उनले
अफ्रिदीलाई पागल भनेकी थिइन् र उनी
पाकिस्तानको कप्तान रहुन्जेल पाकिस्तानी क्रिकेटले
केही हासिल नगर्ने बताएकी थिइन् ।
उनले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीको नाममा पनि भिडियो जारी गरेकी
थिइन् ।
उनलाई पाकिस्तानको पुनम पाण्डे पनि भनिन्छ । सन् २०११ को विश्वमा
पुनमले पनि भारतीय क्रिकेट टोलीले विश्वकप जिते
नांग्निे बताएकी थिइन् ।
Ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...