-->
यी हुन् क्यान्सरका संकेत, जान्नुस् र अमूल्य जीवन बचाउनुस
Advertisement

एजेन्सी । शरीरमा कैयौ यस्ता दुखाई हुन्छ ।
जस्तै, थकान लाग्नु, लामो समयसम्म ज्वरो आइरहनु आदिलाई
सामान्य सम्झेर हामीले त्यसमा ध्यान दिँदैनौं तर,
यी संकेत शरीरका लागि खतरनाक हुनसक्छ ।
अर्थात यिनले क्यान्सर पनि जन्माउन सक्छ ।
त्यसैले मानिसले स–साना समस्यामा पनि सावधानी अपनाउनुपर्छ
। रोग लागेपछि मृत्युवरण गर्नुभन्दा रोग लाग्नु अगाडि नै लक्षण थाहा पाएर
अमूल्य जीवन बचाउन सकिन्छ ।
यहाँ केही क्यान्सरका लक्षण प्रस्तुत गरिएको छ जसले
जीवन बचाउन मद्दत गर्नेछः
– खाना खाइसकेपछि छातिमा हल्का दुःखाई हुनु वा पीडा
महसुस भइरहेको छ भने यो लक्षण एसोफेजियल क्यान्सरको हो ।
तुरुन्त डाक्टरसँग सल्लाह लिनुस् ।
– पेटको तल्लो भागमा दुःखाई हुनु, फुल्नु वा पेट खराब हुनुको संकेत
कोलोरेक्टल क्यान्सरको सुरुआती लक्षण हुनसक्छ । यसका
साथै यसले लिभरमा ट्युमर पनि हुनसक्छ । सावधानी
अपनाउनुस् र डाक्टरलाई देखाउनुस् ।
– खाना निल्दा दुःखाई र पीडा हुन्छ भने यसले गलाको
क्यान्सरको संकेत गर्छ । साथै यदि दुःखाई बढी नै हुँदैछ भने
यसले फोक्सोमा पनि समस्या ल्याउँछ ।
– कहिले काँही अचानक आवाज भारी हुन्छ ।
र गलामा दबाब बढ्नु(दुख्नु) यो संकेत थाइराइड क्यान्सरको लक्षण
हुनसक्छ ।
– खानपान र कसरतमा कुनै कमी नगर्दा पनि तीव्र
रुपमा तपाईको तौल घटिरहेको छ भने यो कलोन क्यान्सरको वा फेरि पाचनसँग
सम्बन्धित क्यान्सर हुनसक्छ । यसले लिभरको पनि समस्या हुनसक्छ

– स्वास फेर्नमा दुःखाई हुनु फोक्सोको क्यान्सर लक्षण हो । यो
लक्षणले थाइराइड क्यान्सरको समस्या पनि निम्त्याउन सक्छ । तुरुन्त
डाक्टरलाई देखाउँनुस् ।
– पेटको क्यान्सरको सुरुआती संकेत हुन्छ पेटको
बीचमा र माथिल्लो भागमा दुख्नु । जसले ग्यास वा फेरि जलन
जस्तो महसुस हुन्छ ।
– लामो समयसम्म पाचन प्रणाली दुरुस्त नहुनु, डायरियाको
सिकार बन्नु र पेट सफा हुँदा पीडा महसुस गर्नु क्यान्सरको
संकेत हुनसक्छ ।
– पुरुषमा पिसाब फेर्दा दुःखाई हुनुले प्रोस्टेट क्यान्सरको लक्षण देखाउँछ
। साथै इरेक्शनको समस्या पनि प्रोस्टेट क्यान्सर हुनसक्छ ।
– लगातार तीव्र ज्वरो आइरहनु, लामो समयसम्म ल्यूकेमिया
(रगतमा सेतो देखिनु)को संकेत हुन्छ र एकदमै धेरै थकान महसुस
हुन्छ भने यो पनि क्यान्सरको सुरुआती लक्षण हो ।
यी लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.