-->
ओबामाले फुटबल हेरेको तस्विर नेपालमा भाईरल, के ओबामाले हेरेकै थिए त नेपाल र भारतको फुटबल ?
Advertisement

फागुन ४ गते-
१२ औं साग अन्तर्गत नेपालले भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन
गरेपछि एउटा तस्विरले सामाजीक सञ्जालमा निकै चर्चा लियो ।
त्यो हो अमेरिकी राष्ट्रपति बाराक ओबामाले फुटबल हेर्दै
गरेको तलको तस्विर ।
यही तस्विरलाई लिएर केही अनलाईन
मिडियाहरुले समाचार समेत बनाउन भ्याए अमेरिकी राष्ट्रपति
बाराक ओबामा नेपालको फुटबल हेर्दै भनेर । वास्तवमा यो फेक तस्विर
थियो । जुन फोटो इडिटरको माध्यमबाट बनाइएको थियो ।
ओबामाले ह्वाइट हाउसमा आफ्ना केही
सहयोगीका साथ टेलिभजन हेरिरहेको तस्विरलाई इडिट गरेर
फुटबल हेरिरहेको जस्तो देखिने बनाइएको हो । तस्वीर
हेर्दा ओबामाले साँच्चिकै टेलिभिजनमा फुटबल हेरिरहेको जस्तो
लाग्नसक्छ । ओबामाले त्यही पोजिसनमा टेलिभिजन त
हेरेका हुन् तर नेपाल र भारतबीचको फुटबल भने हेरेका
होईनन् । यही तस्वीरलाई संसारमा धेरै पटक
विभिन्न नाममा दुरुपयोग पनि गरिएको छ ।
यो तस्वीर सन् २८ जनवरी २०११ मा लिइएको
थियो र त्यस क्रममा ओबामाले इजिप्टका तत्कालिन नेता होस्ने मुबारकको
भाषण हेरिरहेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.