-->
नेपाली फुटबल टोलीलाई १ लाख प्रोत्साहन सहयोग
Advertisement

फाल्गुन ४, २०७२- नेपाली फुटबल टोलीले
२३ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेको भन्दै प्रोत्साहन स्वरुप
यहाँस्थित युवाहरुको संगठन नेपाली अष्ट्रेलियन युथ
एसोसिएसन (नयाँ) ले १ लाख रुपैया प्रोत्साहन स्वरुप सहयोग गर्ने
घोषणा गरेको छ ।
अष्ट्रेलियामा रहेका युवाहरुलाई खेलकुद क्षेत्रमा अघि बढ्न
प्रोत्साहन र अवसरहरु सृजना गर्दै आएको उक्त संस्थाले
नेपाली युवा फुटबल खेलाडीहरुलाई समेत
प्रोत्साहनस्वरुप सहयोग गर्न लागेको हो । संस्थाका अध्यक्ष
कोमलराज पाठकले १ लाख रकम ठूलो नभएपनि यसले
खेलाडीहरुलाई सम्मान गर्ने आफूहरुको सोच रहेको
बताए । उनले नेपाली खेलाडीहरुको यो
मेहनतलाई सम्मानका साथै भविश्यमा समेत यस्तै राम्रो कार्य गर्न
सकुन् भन्ने प्रोत्साहन स्वरुप सहयोग गर्न लागिएको बताए ।
संस्थाले १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेपछि यहाँस्थित अन्य
संघसंस्थाहरुलाई समेत यस कार्यमा सहयोग गर्न आग्रह सहित
प्रकाश जिसी र भूपाल सिटौलाको संयोजकत्वमा समिति नै
गठन गरेको छ । ‘हामीले अन्य संघसंस्था तथा
ब्यक्तिहरुसँग समेत सरसल्लाह र छलफल गरेर बृहत सहयोग
गर्ने योजना बनाएका हौं । संस्थाका सचिव प्रकाश खरेलले कान्तिपुरसँग
भने, 'नेपाल र नेपालीको यो जीतलाई
प्रोत्साहन गर्न सबै इच्छुक पाएकोले हामीले यो काम
अघि बढाएका हौं ।’ उनले बढीमा एक महिनासम्म सबै
सहयोग गर्न इच्छुकहरुसँग प्रोत्साहन सहयोग रकम संकलन
गरेर एक कार्यक्रमका बिच रकम हस्तान्तरण गर्ने
जानकारी दिए ।
सोमबार भएको खेलको यहाँका प्राय: सबै नेपालीहरुले
निन्द्रा माया मारेर प्रत्यक्ष प्रसारण अनलाइनमार्फत हेरेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.