Advertisement
|
भरतपुर–जुनियर प्रहरी अधिकृत
शिक्षालय भरतपुरका समादेशक एसएसपी
रमेश खरेललाई आज मंगलबार चितवनबाट विदाई गरिएको
छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले
आज एकै स्थानमा एसएसपी खरेललाई
विदाई गरेका हुन् । उनी काठमाडौंमा सरुवा
भएका छन् ।
शिक्षालयमा सामुदायिक सेवा केन्द्र नारायणगढ र
बालबालिकाका लागि प्रहरी नागरिक अभियान
(पिटुसिटु) अभियानले आयोजना गरेको कार्यक्रममा
एसएसपी खरेललाई विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै एसएसपी खरेलले
भने– ‘आफूले समाजका लागि सक्दो राम्रो काम गर्ने र ३
करोड नेपाली जनताले कहिल्यै पनि
आफूलाई गद्धारी भन्ने शब्द उच्चारण
गर्ने अवस्था ल्याउन नदिने प्रतिबद्धता जनाए ।’
चितवनबाट जहाँ गएपनि चितवनको हरेक क्षेत्रमा
सहयोग गर्न तयार रहेको समेत उनले बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले एसएपसी
खरेलले चितवनमा सामाजिक क्षेत्र र शान्ति सुरक्षामा
खेलेको भुमिकाको प्रशंसा गर्दै अझै उचाईमा पुग्न
शुभकामना समेत दिएका थिए ।
सामुदायिक सेवा केन्द्र नारायणगढकी प्रमुख
मिना खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको

0 comments
प्रतिक्रिया दिनुहोस्...