Advertisement
|
स्वस्थ रहनका लागि खानपान सँगै जिवनयापन समेत नियमबद्ध हुनु
आवश्यक हुन्छ । हामीले हाम्रो दैनिक जिवनमा काम, आराम
तथा मनोरन्जन जस्ता अत्यावश्यक पक्षहरुलाई समय छुट्टाएकै
हुनुपर्छ ।
त्यो भयो भने मात्र हामी शारीरिक तथा मानसिक र
सामाजिक रुपमा पनि स्वस्थ हुन्छौँ ।
तर अहिलेको व्यस्त जिन्दगीमा जिवनयापनको नियम पालना वा
नियमबद्धता भन्ने कुरा तोडिँदै गएको छ ।
जसका कारण मानिसमा अस्वस्थता बढ्दै गएको छ । हामीले
हाम्रो दैनिक जिवनमा गर्ने ७ गल्ती जसले हाम्रो मस्तिष्कमा
असर पूराइरहेका छन् ती यस्ता छन्ः
· पर्याप्त नसुत्ने: जब हामीले पर्याप्त निद्रा लिदैनौँ हाम्रो
मस्तिष्कलाई पनि आराम प्राप्त हुँदैन । समयसँगै मस्तिष्कको काम गर्ने
क्षमतामा पनि ह्रास आउँछ । जसका कारण मस्तिष्कसँग जोडिएका विभिन्न
खाले समस्या तथा रोगहरु पैदा हुन्छन् ।
· बिहानको खाजा नखानु: बिहान खाजा अर्थात् ब्रेकफास्ट गर्नु हाम्रो
मस्तिष्कको स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । बिहानको नास्ता
नगर्नाले हाम्रो मस्तिष्कमा पर्याप्त ग्लुकोज आपूर्ति हुन पाउँदैन । जसका
कारण दिनभर थकाइ महसुस हुन्छ ।
· एकैचोटी धेरै काममा हात हाल्नु: अमेरिकाको स्टानफोर्ड
युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अनुसन्धान अनुसार जो
मानिसले धेरै कामकुरामा हात हालेका हुन्छन् जसलाई मल्टिटास्किंग भनिन्छ,
उनीहरुको मस्तिष्कको क्षमता विस्तारै ह्रास भैरहेको हुन्छ
।
· कम पानी पिउनु: यदि तपाइँ दिनमा ८ गिलास भन्दा कम
पानी पिउनुहुन्छ भने तपाइँको मस्तिष्कमा पानीको
कमी हुन्छ । जसका कारण मस्तिष्कका तन्तुहरु
खुम्चिन्छन् र विभिन्न खाले मस्तिष्करोगको खतरा हुन्छ ।
· धुम्रपान: धुम्रपानका क्रममा हाम्रो सरीरमा विभिन्न खाले
हानिकारक रसायन प्रवेश गर्दछन् । यसले रगतलाई गाढा बनाइदिने गर्छन् ।
जसका कारण मस्तिष्कमा रगतको आपूर्ति कम हुन्छ र विभिन्न खाले
मानसिक रोग उत्पन्न हुन्छन् ।
· तनाव लिनु : तनाव मस्तिष्कका लागि हानिकारक हुन्छ । जब तपाइँ तनावमा
हुनुहुन्छ सरीरमा कोर्टिसोल नामक हर्मोन रिलिज हुन्छ
जसले मस्तिष्कमा असर पूराउँदछ ।
· धेरै खानु: जब हामीले धेरै खान्छौँ, अझ जंकफूडहरु धेरै
सेवन गर्छौँ तब हाम्रो मस्तिष्कले सोँच्दछ की पेट भरिसकियो ।
धेरै खानेकुरा तथा जंक फूड खाएको लामो समयपछि समेत पुनः भोक लागेको
संकेत मस्तिष्कले दिँदैन । यसले दिमागी क्षमतामा असर पूराएको
हुन्छ ।
onlinekhabar

0 comments
प्रतिक्रिया दिनुहोस्...