Advertisement
|
फाल्गुन ४, २०७२- प्रधानमन्त्री केपी शर्मा
ओलीले वैशाख १२ गतेको महाभूकम्पले भत्किएको
धरहरा पुनर्निर्माणका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन्
।
सुन्धारास्थित धरहरा क्षेत्रमा मंगलबार भएको ‘ऐतिहासिक धरोहर
पुनर्निर्माण संकल्प’मा सम्बोधन गर्दै प्रधानमन्त्रीले
एक महिनाको सबै तलब दिने घोषणा गरेका हुन् । ‘धरहरासहित
पुरातात्त्विक सम्पदा पुनर्निर्माण नेपालीकै पैसामा हुनेछ,’
प्रधानमन्त्रीले भने, ‘भोलि नै खाता खोल्नुस्, मेरो एक
महिनाको तलब म जम्मा गरिदिन्छु ।’
‘आफ्नै सम्पदा, आफ्नै सम्पत्ति, आफैं निर्माण’ भन्ने नाराससहित
सम्पदा पुनर्निर्माण अभियान सुरुवात गरिएको हो ।
प्रधानमन्त्रीले धरहरामा सबै नेपालीको
लगानी हुने र सबै मृतकको नाम राखिने
जानकारी दिए । उनले धरहरा क्षेत्रमा भूकम्पको स्मारक
पनि बनाइने जानकारी दिए । ‘अब धरहरा झन् अग्लो र
आधुनिक बन्छ,’ उनले भने, ‘भूकम्प प्रतिरोधी बनाइनेछ
।’
प्रधानमन्त्रीले सम्पदा पुनर्निर्माणमा सरकारको र
विदेशीको मुख ताक्न नहुने बताए । ‘धरहरासहित सबै
सम्पदाहरु आफ्नै डिजाइनमा, नेपालीकै
लगानीमा बन्नेछन्,’ उनले भने ।
प्रधानमन्त्रीले ऐतिहासिक सम्पदाले सर्ब जाति, धर्म,
भाषा र सम्प्रदायको प्रतिनिधित्व गर्ने भन्दै यसले राष्ट्रिय एकता पनि
बलियो बनाउने उल्लेख गरे ।
कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल
दाहालसहित मन्त्रीहरु, सरकारी उच्च
अधिकारी, पुनर्निर्माण प्राधिकरणका
अधिकारीहरुको उपस्थिति थियो ।
ekantpur बात

0 comments
प्रतिक्रिया दिनुहोस्...