-->
सबै मान्छे मोटो हुदैनन् कसैलाई मोटाउने रहर तिव्र हुन्छ । त्यसो भए के गर्ने त ?
Advertisement

धेरै मान्छेलाई आफू कसरी सुन्दर देखिने भन्ने चिन्ता छ ।
मोटा मान्छेहरुको चिन्ता कसरी स्लिम वन्ने भन्ने हुन्छ।
शरिर बनाउने भन्ने हुन्छ । मोटो र भत्ता शरिरको चिन्ता भए जस्तै दुब्लो
शरिर भएका मान्छेलाई पनि आफ्नै खालको चिन्ता हुन्छ । दुब्ला
मानिसहरु उमेरभन्दा अघि पाका देखिन्छन्, दुब्ला मान्छेहरु अलि कुरुप
पनि देखिने हुन्छन् । त्यसैले उनीहरुको चिन्ता
कसरी ‘ह्यान्डसम’ देखिने भन्ने हुन्छ । चिन्ताको ठाउँमा
केही घरेलु उपाय अपनाउने हो भने दुब्ला मान्छेहरुपनि
सुन्दर देखिन सक्छन् ।
केरा खानुहोस् : प्रत्येक दिन तीनपल्ट केही
मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो मुहार
चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने परिणाम
आफै महसुस गर्नु हुने छ ।
तातो दुधमा मह : सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह
खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार
अन्तर्गत नै पर्छ ।
खरबुजा : धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस
गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र
यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।
बदामसँग दुध : बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध
खान्छन् ।
कार्बोहाइड्रेडयुक्त खाना: भोजनमा अधिक कार्बोहाइड्रेड भएका
खानेकुरामा जोड दिनुपर्छ ।
पनिर : फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो
ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले
शरीरमा क्यालोरीको कमी समेत
हटाउछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.