-->
कुखुराको मासु खानुअघि यो अवश्य पढ्नुहोस्
Advertisement

कुखुराको मासु खानुहुन्छ ? तपाईंले स्वाद मानी मानी
खाने हरेक टुक्रा मासुले तपाईंको रोग प्रतिरोधात्मक
क्षमता कमजोर बनाइरहेको हुन्छ । अमेरिकामा हालसालै
भएको एक अध्ययनले २०३० सम्म भारतका नागरिकले हरेक
वर्ष कडा एन्टिबायोटिक औषधी खुवाएर तयार बनाइएको
चार हजार सात सय ४३ टन कुखुराको मासु खाइरहेका
हुनेछन् ।
नेपाल कुखुराको मासुमा आत्मनिर्भर छैन र अधिकांशतः
भारतीय बजारबाटै यसको आयात गरिन्छ । त्यसो त,
नेपालमा पनि कुखुरालाई एन्टिबायोटिक प्रयोग गर्ने
गरेको पाइन्छ ।
हामी मध्ये कमैलाई मात्र थाहा हुनसक्छ, रोगहरुबाट
बचाउन कुखुरालाई एन्टिबायोटिक्स ड्रग्स दिइएको हुन्छ ।
‘प्रसिडिंग्स अफ द नेशनल एकाडेमी अफ साइन्सेस’ जर्नलमा
छापिएको अध्ययनमा भारतमा २०१० मा एन्टिबायोटिक
ड्रग्स खुवाइएको दुई हजार ६६ टन कुखुराको मासु प्रयोग
गरिएको उल्लखे छ । उक्त तथ्यांकलाई दृष्टिगत गर्दा २०३०
सम्म भारत यस्तो कुखुराको मासु प्रयोग गर्ने विश्वको
चौथो ठूलो देश हुने देखाइएको छ । चीन यो लिस्टमा
पहिलो स्थानमा छ ।
अघिल्लो वर्ष सेन्टर फर साइन्स एण्ड इन्भारमेन्टले दिल्ली र
एनसीआरको लागि ४० प्रतिशत कुखुराको मासुको
नमूनामा एन्टिबायोटिक पाइएको थियो । बेच्नको
लागि व्यावसायिक रुपमा उत्पादन गरिएको कुखुराको
एन्टिबायोटिक औषधी दिने गरिन्छ । कुखुरालाई
जनावरको लागि तयार बनाइएको एन्टिबायोटिक पनि
दिइन्छ । यतिमात्र होइन, बिरामी नहोस् भनेर कुखुरालाई
मानिसको लागि तयार बनाइएको औषधी पनि दिइन्छ ।
रोगहरुबाट बचाउन र तिव्ररुपमा बढाउन यस्तो औषधी
प्रयोग गर्ने गरेको पाइएको छ ।
जब यसरी तयार बनाइएको कुखुरा खाइन्छ,
एन्टिबायोटिकको केही अंश मानिसमा पनि पुग्छ । यसले
बिस्तारै बिस्तारै मानिसको शरीरलाई उक्त
एन्टिबायोटिकको लागि प्रतिरोधक क्षमता विकास
गर्दछ । यस्तो अवस्थामा जब मानिस बिरामी हुन्छ,
त्यतिबेला डाक्टरको औषधीले काम गर्दैन ।
एन्टिबायोटिकले काम नै गर्दैन ।
उपभोक्ता अधिकारवादीहरुले यसलाई गम्भीर समस्याको
रुपमा उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनको
आंकडाअनुसार २०१३ मा भारतमा ५८ हजार मानिसको
मृत्यू एन्टियोबायोटिक्स रेजिस्टेन्ट भएकै कारण ज्यान
गएको छ । यही अनुसार अगाडि बढे भारतमा २०५० सम्ममा
२० लाख मानिसको ज्यान जाने खतरा बढेको छ ।
साउथ कोरिया र युरोपियन युनियनका सदस्य देशहरुले पनि
यस्तो कुखुराको मासु प्रतिबन्ध लगाएको छ ।
हालसालै म्याक् डोनाँल्डले पनि यस्तो एन्टिबायोटिक
प्रयोग गरेर उत्पादन गरिएको कुखुराको मासु प्रयोग नगर्ने
घोषणा गरेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.