Advertisement
|
विवाह गरेकी छन् । देवकीको परिवारले यो
विवाहलाई मान्यता दिएपनि रमानन्दको परिवारले मानेको छैन ।
२१ बर्षीया देवकी र २२ बर्षीय
रमानन्दले एकअर्कालाई माला लगाइरहँदा बेहुली पक्षका
महिलाहरु र स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।
देवकीसँग नै विवाह गर्ने कसम खाएका रमानन्द भने आफ्नो
परिवारसँग यो कुरा भन्न सकिरहेका थिएनन् ।
अर्कीको हुन लागेकै बेला उठाइयो
रमानन्दको अभिभावकले उनको विवाह अर्कै ठाउँमा गर्ने सुरसार गरेका
रहेछन् । त्यसै अनुरुप विवाह गर्ने केटी पक्षका
व्यक्तिहरु रमानन्दलाई छेका दिन (विवाह पूर्व गरिने विधी)
भन्दै रमानन्दको घरमा आएका थिए ।
सोमबार राति केटी पक्षका व्यक्तिहरु रमानन्दका लागि कपडा,
फलफूल र सुनको औंठी लिएर आएका थिए । सत्यनारायण
भगवानको पूजा पश्चात रमानन्दलाई कपडा र औंठी लाइदिएर
गरिने सम्पूर्ण विधि पूरा पनि गरियो ।
रमानन्द अर्कैको हुन लागेको सूचना देबकीले थाहा पाइन् ।
उनले म्याजिक गाडीमा आफ्नो गाउँका केहि महिलाहरुलाई
बसाएर रमानन्दको घर जाने निधो गरिनर राति ९ बजेतिर उनी
रमानन्दको घर पुगिन् ।
म्याजिकमै चढेर गएकामध्ये एक महिलाले रमानन्दलाई बाहिर बोलाइन् ।
रमानन्द बाहिर आएसँगै उनलाई म्याजिकमा चढाइयो र राति नै
देवकीको गाउँ ल्याइयो । देबकीको गाउँसम्म आउँदा
रमानन्दको औंलामा अर्काे केटी पक्षको अभिभावकले
लगाइदिएको औंठी लागेकै थियो । त्यो औंठी भने
मंगलबार उनले फिर्ता पठाएका छन् ।
‘अब देबकीसँगै मेरो जीवन बित्छ’ विवाह पश्चात
रमानन्दले भने, ‘मन परेको व्यक्तिलाई जीवनसाथी
बनाउन पाएँ । खुशी लागेको छ ।’
पहिलादेखि नै थियो प्रेम
रमानन्दसँग देवकीको पहिलो विवाह भने होइन् । उनको
२०६८ सालमै जमुनीमधेपुराकै एक व्यक्तिसँग सामाजिक
परम्परा अनुसार विवाह भएको थियो ।
विवाह पश्चात मन मिलेन । खटपट भइरहेकै समयमा उनको
श्रीमान वैदेशिक रोजगारीमा गए ।
देवकी भने माइतीमै बस्दै आएकी
थिइन् । यसैबीचमा रमानन्दसँग उनको प्रेम भयो । एकले
अर्कालाई मन पराए ।
रमानन्दको परिवारले यो कुराको सुइँको पाएपनि यो विवाह नगर्ने मनस्थितिमा
थिए । रमानन्दले खुलेर यो बिषयमा आफ्ना अभिभावकलाई भन्न नसकेकपछि
देवकीले फिल्मी शैलीमा
पे्रमीलाई उठाएर जीवनसाथी
बनाएकी छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...