-->
थकानबाट बचाउने र शरीरमा तुरुन्त ताकत दिने यी १० बस्तु
Advertisement

एजेन्सी । सुस्तता र थकाईलाई टाढा राख्ने यी
हुन् १० बस्तु । जसलाई दैनिक खानासँग मिलाएर खादा निकै
फाइदाजनक हुनेछ ।
– म्यानिशियम र प्रोटीनले भरिएको ब्राउन राइसले
दिनभरी शरीरमा शक्ति (एनर्जी)
दिन्छ । त्यसकारण ब्राउन राईसलाई नास्ता र खाना दुबैमा मिसाउनुस् र
फूर्तिवान बन्नुस् ।
– शकरकन्द(कन्दमुल)मा रहेको कार्बाेहाइड्रेट र भिटा कैरोटिनले दिनमा
हुने थकाईलाई कम गर्छ । त्यसैले बालबालिकालाई दिनमा शकरकन्द उमालेर
वा फेरि हल्का फ्राइ गरेर खुवाउनुस् ।
– एक चम्चा महलाई कुनै तरल पदार्थ (ड्रिंक)मा मिलाएर पिउनुस् ।
तुरुन्त शरीरमा ताकत महसुस हुनेछ ।
– फलफूलको कुरा गर्ने हो भन्ने केरामा ग्लोकोज र फकाइबर हुन्छ
जसले तुरुन्त शरीरलाई ताकत दिन्छ ।
– यसका अलावा यो गुण स्याउ र सुन्तलामा पनि हुन्छ ।
– पालुङको तरकारीमा एकदमै धेरै आयरन हुन्छ । दिनमा
एकपटक यो खादा शरीरमा ताकत महसुस गर्न सकिनेछ ।
– बदाममा प्रोटीन, म्यानेशियम र कपुरको मात्रा निकै
बढी हुन्छ । यसलाई आफ्नो झोलामा राख्ने बानी
गर्नुस् र काम गर्ने क्रममा बीच बीचमा खानुस् ।
– माछालाई खानासँग मिलाएर खानुस्, यसले शरीरमा चाँडै
फूर्ती दिन्छ ।
– दिनमा खानासँग यदि एक चम्चा दही खानुभयो भने तुरुन्तै
एनर्जी पाउन सकिन्छ ।
– अण्डालाई कुनै पनि रुपमा खानुस्, विहान नास्तामा खानुस् ताकत मिल्नेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.