-->
तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन!!
Advertisement

आफ्नो आइफोनको मास्टर आफै बन्नुहोस्।
के तपाईँलाई थाहा छ, आइफोनले तपाईँको ठ्याक्कै माथि आकाशमा कुन विमान
उडिरहेको छ थाहा पाउँछ नि!
के तपाईँलाई थाहा छ, आइफोनले एक सेकेण्डमा एकै चोटि १० वटा सम्म
फोटो खिच्न सक्छ नि!
0
हजुर, यस्तै यस्तै अनौठा अनि रमाइला कुराहरू तपाईँको आइफोनले गर्न
सक्छ। तपाईँ आफ्नो मोबाइल फोन धेरै जसो के को लागि प्रयोग गर्नुहुन्छ?
अनि विज्ञानको नयाँ-नयाँ प्रविधि अनुसार तपाईँको मोबाइलमा पनि नयाँ-नयाँ
सुविधाहरू पनि थपिएका हुन्छन्। सुन्दा त्यति महत्वपूर्ण नलाग्न सक्छ
तर यी सुविधाहरू साँच्चै नै तपाईँ-हाम्रो जीवनमा
सहयोगी हुन सक्छन्।
तल दिइएका १० कुराहरू जान्नुहोस् अनि आफ्नो आइफोनको मास्टर आफै
बन्नुहोस्।
१. लेखिएका अक्षरहरूलाई अन्डू (Undo) गर्नुहोस्
अक्षर टाइप गर्दा गर्दै गल्ती भयो? चिन्ता नगर्नुहोस्!
तपाईँको आइफोनलाई एक चोटि हल्लाउनुहोस् अनि त्यसले सच्याउने हो कि
होइन सोध्दछ।
२. ब्याट्रिलाई छिटो चार्ज गर्नुहोस्
आइफोनलाई एयरप्लेन मोडमा लग्नाले वाइरलेस र सेलुलर क्रियाकलापलाई
बन्द गराई ब्याट्रिलाई छिटो चार्ज हुन मद्धत गर्दछ।
३. ‘सिरी’लाई तपाईँको मेल पढ्न लगाउनुहोस्
आइफोनको ‘होम’ बटन एकछिनसम्म थिचिराख्नुहोस् अनि
‘सिरी’ सुचारु हुन्छ, त्यसपछि सिरीलाई सोध्नुहोस्,
“रिड माई इमेल” (“Read my Email“)। सिरीले तपाईँको सबै
सन्देशहरू पढ्न सुरु गर्दछ। यदि भर्खरैको सन्देशहरू सुन्न
चाहनुहुन्छ भने “रिड माइ लेटेस्ट इमेल” (“Read my latest
email“) अथवा निश्चित व्यक्तिको मात्रै सन्देश सुन्न चाहनुहुन्छ भने
“डु आइ ह्याभ इमेल फ्रम कुशल?” (“do i have email from
kushal?“) भनेर सोध्नुहोस्।
४. तपाईँको माथि आकाशमा कुन चाहिँ विमान उडिरहेको छ पत्ता लगाउनुहोस्
सिरीलाई सोध्नुहोस्, “प्लेन्स ओभरहेड” (“Planes
overhead“) अनि त्यतिबेला तपाईँको माथि आकाशमा कुन चाहिँ विमान
उडिरहेको छ थाहा पाउनुहोस्।
५. ‘सिरी’लाई शब्द बोल्न सिकाउनुहोस्
यो सुविधाको विशेष कुरा के हो भन्दा तपाईँ ‘सिरी’ भन्दा बाठो बन्न
सक्नुहुन्छ। जब सिरीले कुनै शब्दलाई गलत तरिकाले बोल्छ,
तब सिरीलाई भन्नुहोस्, “द्याट्स नट हाउ यू
प्रोनाउन्स” (“That’s not how you pronounce“) त्यसपछि
सिरीले तपाईँलाई भिन्न भिन्न तरिकाले बोलेर सुनाउनेछ अनि तपाईँले
सहि उत्तर छान्न सक्नुहुन्छ।
६. टाइमर सँग गीतलाई बन्द गर्नुहोस्
म जस्तै तपाईँहरू पनि गीत सुन्दै निदाउने गर्नुहुन्छ अनि
रातभरि गीत नबजोस् भन्ने चाहनुहुन्छ भने ‘टाइमर’ खोलेर
‘ह्वेन टाइमर इन्ड्स’ (‘when timer ends‘) मा गएर सेटिङ्ग गर्न
सक्नुहुन्छ।
७. भोल्युम बटनबाट फोटो खिच्नुहोस्
कहिलेकाहिँ फोटो खिच्दा स्क्रिनमा थिचिराख्ने काम साह्रै नै झन्झटिलो
हुन्छ, त्यसैले सजिलो उपाए के हो भन्दा तपाईँले भोल्युम बटनबाट पनि
फोटो खिच्न सक्नुहुन्छ।
८. एकै चोटिमा धेरै फोटोहरू खिच्नुहोस्
क्यामेराको क्याप्चर बटनलाई एकछिन सम्म थिचिराख्नुभयो भने एक
सेकेण्डमा १० वटासम्म फोटो खिच्न सक्छ।
९. सन्देश पठाएको समय हेर्नुहोस्
च्याट गर्दा सन्देश पठाएको समय हेर्न चाहनुहुन्छ भने तस्विरमा
देखाएजस्तै स्लाइड गर्नुहोस्।
१०. विस्तृत जानकारी भएको क्यालेन्डर हेर्नुहोस्
क्यालेन्डर हेर्दा मोबाइललाई साइडतिर ढल्काउनुहोस् अनि सबै विस्तृत
जानकारी भएको क्यालेन्डर हेर्नुहोस्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.