-->
नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको प्रतिक्रिया
Advertisement

चीर प्रतिद्वन्द्धी भारतलाई पराजित गर्दै नेपालले २३
वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको
च्याम्पियन भएको छ । सोमबार भारतको गुवाहाटीस्थित
इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा
भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले
उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो
भएको छ ।
नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने
नेपाली मानसिकता र सामरिकरुपमा निक्कै
चासोका साथ हेरिएको खेलमा भारतलाई हराउँदा
नेपालीहरु दंग छन् । यस अघि क्रिकेटमा जितोस् भनेर
गरिएको अपेक्षा फुटवलले पुरा गरिदिएको छ । क्रिकेटमा
हारेको बदला मात्र होइन नेपालीहरुले
नाकाबन्दी लगाउने भारतसँग समेत बदला लिएको भन्दै
सामाजिक सञ्जालमा चर्चा भैरहेको छ ।
यस अघी अण्डर-१९ क्रिकेटमा नेपाललाई पारजित गर्दा
भारतीय मिडियाले ठूला ठूला हेडलाइन सहित
ठूल्दाइ ‘भारतले नेपाललाई पाठ सिकाएको’ भनेर लेखेका
थिए । तर फुटवलमा नेपालसँगै पराजित हुँदा भने
भारतीय मिडियामा यस विषयले खासै महत्व पाएन ।
भारतीय मिडियाहरुले नेपालसँग हारेको भन्दा बढी
भारतले स्वर्ण नजितेको भन्ने लाइनमा समाचार बनाएका
छन् ।
भारतको प्रमुख अखबार टाइम्स अफ इण्डियाले भारत
नेपालसँग २-१ ले पराजित भएको समाचार हेडलाइन
बनाएको छ । तर अन्य मिडियामा नेपालसँग पराजित
भएको कुरालाई भन्दा बढी भारतले स्वर्ण नपाएको
मात्र उल्लेख गरेका छन् ।
क्रिकेटमा नेपाल पराजित हुँदा ‘ठूल्दाइ भारतले नेपाललाई
पाठ सिकायो’ भनेर लेख्ने इण्डियन एक्सप्रेसले
यसलाई महत्व दिएको छैन ।
सन् १९९५ देखि साग फुटवलमा स्वर्ण नजितेको
भारतले आफ्नो पर्खाइलाई नेपालका कारण पर्खाइमै
सीमित गर्नु परेको भन्दै नवभारत टाइम्सले नेपालले
भारतको सपनामाथि तुसारापात गरिदिएको
भनेको छ ।
हाफ टाइम सम्म भारत १-० ले अगाडी भएपनि
दोश्रो हाफमा भने चुटिएको चर्चा भारतीय
मिडियामा गरिएको छ ।
भारतीय मिडियामा नेपालका ह्याट्रिक सहित ७ गोल
गर्ने नवयुग श्रेष्ठको चर्चा पनि गरिएको छ । यो
महिनामा नेपाललाई ३ ह्याट्रिकको खुसी दिइसकेका
नवयुग श्रेष्ठकै कारण भारत पराजित भएको थियो ।
यस अघि बंगबन्धु फुटबलमा पनि सर्वाधिक गोलकर्ता र मष्ट
भ्यालुड खेलाडीको रेकर्ड बनाएका नवयुग श्रेष्ठ
यो प्रतियोगितामा पनि उत्कृष्ठ खेलाडी घोषित भएका
थिए ।
यस अघि क्रिकेटमा भने नेपाली टिमलाई भारतीय टिमले
हराएपछि भारतीय मिडियामा ठूला ठूला
हेडलाइन बनेका थिए ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.