-->
टाउको दुख्छ ? अब सिटामोल होइन् यी घरेलु उपाय अपनाउनुस
Advertisement

एजेन्सी । टाउको दुख्ने समस्या अधिकांश मानिसमा
हुन्छ । यो धेरै कारणले हुने गर्दछ । जस्तै, तनाव, माइग्रने
वा निद्रा पुरा नहुनु । तर, कहिलेकाँही यो समस्या
गम्भीर हुन जान्छ ।
मानिसहरु टाउको दुख्दा सिटामोल खान्छन् जसले दुखाई
त निको पार्छ तर, साइट इफेक्ट पनि पार्छ तर, केही घरेलु
उपाय छन् जसले विना कुनै हानी दुखाई ठिक पार्छ र उपाय
पनि निकै सजिलो छन् ।
यसबाट आराम पाउनका लागि केही यस्ता घरेलु उपाय जो
निकै फाइदाजनक छन्:
– टाउकोे दुखाईबाट राहत पाउनका लागि अदुवाभन्दा
राम्रो कुनै बस्तु छैन् । अदुवालाई पानीमा मिसाएर
आगोमा उमालेर टाउकोतिर तातो बाफ लिनुस् अथवा
सेक्नुस्, तुरुन्तै आराम दिनेछ ।
– यसका साथै अदुवाको रस र कागतीको रस बराबर
मात्रामा मिलाएर दिनमा एक वा दुई पटक पिउनुस् ।
– पुदीनाका पातको रस निकालेर निधारमा लगाउनुस्,
टाउको दुखाईबाट आराम मिल्नेछ ।
– माइग्रेन(घाटी)को दुखाईमा आइसपैकलाई घाटीको
पछाडी राख्नुस् आराम मिल्नेछ ।
– ल्वाङ पिसेर एक कपडामा बाध्नुस् र २÷२ मिनेटको
फरकमा नाकबाट बास्ना सुघ्नुस् । जबसम्म आराम मिल्दैन्
तबसम्म ।
– स्याउले पनि टाउको दुखाईमा चमत्कारी तरिकाबाट
काम गर्छ । स्याउलाई नुनसँग खानुस्, आराम मिल्नेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.