-->
यी संकेतले दिन्छन् तपाईको घरमा लक्ष्मी (धन) भित्रिन लागेको जानकारी
Advertisement

लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा
बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै
मुस्किल पर्छ । यस्तो अवस्थामा तपाईले लाखौ कोशिस
गर्दा पनि केही फल नपाएपछी निराशाले घेर्न सक्छ ।
शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले
तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले
तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ ।
केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य
चम्किन लागेको जानकारी दिन्छ । थाहा पाऔ ती संकेत
के-के…
– जब तपाईले सपनामा पानी, हरियाली, लक्ष्मीको
बहान उल्लू देख्नु हुनेछ तब यसले तपाईको भाग्य चाँडै बद्लिने
संकेत गर्छ ।
– यस्तै, सपनामा सेतो सर्प, सुन जस्तो पहेलो सर्प देखियो
भने त्यसले तपाई अब धनी बन्ने योग रहेको संकेत गर्छ ।
– यदी तपाईको घर या अफिसमा अकस्मात उल्लू आयो
भने तपाईलाई छिट्टै धन प्राप्त हुने संकेत गर्छ ।
– साताको प्रत्येक दिन अलग-अलग देवी-देवताको पुजा
गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने
गरिन्छ । यो दिन यदी कुनै केटीले तपाईलाई सिक्का दिइन्
भने यो शुभ संकेत हुन्छ, तपाईलाई धन लाभ हुने संकेत हो यो ।
– हामी प्राय सबै सर्पसँग डराउँछौ तर, सर्प र
धनकाबिचको सम्बन्ध नजिकको हुन्छ । यदी तपाईको
घरको वरिपरी सेतो सर्प देखियो भने उक्त स्थानमा केही
खजाना हुन सक्ने संकेत हो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.