Advertisement
|
भेषबहादुर पौडेल नेपाली काँग्रेस लमजुङका सभापती हुनुहुन्छ । गत वर्ष सम्पन्न नेपाली काँग्रेसको अधिवेशनबाट निर्वाचित सभापती पौडेल बिकासप्रेमी, स्पष्ट वक्ता, भिजन सहितको क्षमतावान व्यक्तीत्वको रुपमा परिचित हुनुहुन्छ । तत्कालिन नेपाली काँग्रेसको महाधिवेशनमा उहाँको क्षमतालाई पहिचान गरी नेपाली काँग्रेसले सभापतीको रुपमा अघि सारेको थियो । पौडेलले सभापती पद जिम्मेवारी सम्हाले सँगै उहाँको व्यक्तीत्व थप पुष्टि भएको छ ।
पौडेल यसअघि त्रिवेणी युवाक्लवको अध्यक्ष, तरुण दल लमजुङको अध्यक्ष, लमजुङ उद्योग बाणिज्य सँघको अध्यक्ष, लमजुङेहरुको पहिलो बैँक प्यासेफिक विकास बैँकको कार्यकारी अध्यक्ष, रोटरी क्लव अफ लमजुङको अध्यक्ष, मस्र्याङदी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष लगायतका महत्वपुर्ण पदमा रहेर कुशल नेतृत्वका जिम्मेवारी सम्हालीसक्नु भएको छ ।
पौडेल स्थानिय तह निर्वाचन २०७४ मा बेसीशहर नगरपालिकाबाट प्रमूख पदका लागि चुनावी मैदानमा उत्रनु भएको छ । अधिकार सहितको स्थानिय तह र समृद्ध बेसीशहर विकासको लागि नेपाली काँग्रेसको नेतृत्व र आम नागरिकको माग बमोजिम पौडेल चुनावी मैदानमा उत्रनुभएको हो ।
चुनावी मैदानमा उत्रिएसँगै पौडेलले समृद्ध बेसीशहरको परिकल्पना र आफ्ना योजना र प्रतिवद्धता नागरिक सामू पेश गर्नुभएको छ । स्वार्थभन्दा माथि रहेर आम जनताको चाहना र आवश्यकता बमोजिम पुर्णसमय लाग्ने प्रतिवद्धता उहाँले जाहेर गर्नुभएको छ । उहाँको उम्मेदवारी, योजना र समसामयिक राजनितिक गतिविधीका बारेमा सप्तधाराडट कमका सम्पादक सन्देश पौडेलले उहाँ सँग गरेको कुराकानीको सक्षिप्त यसप्रकार रहेको छ ।
नेपाली काँग्रेसको चुनावी तयारी के भईरहेको छ ?
निर्वाचनको तयारी तिव्र छ । आँफ्नो उम्मेदवारी सँगै जिल्ला सभापती भएकोले जिल्लाभरीकै जिम्मा छ । अलिक बढि व्यस्त छु । तर पनि जनताको घरदैलोमा पुग्ने प्रयास गरी रहेको छु ।
नेपाली काँग्रेसमा उम्मेदारको टुंगो लाग्न कठिन भयो र ढिला भयो नी ?
सवैभन्दा ठूलो पार्टी हो, जिम्मेवारीमा बस्ने आकाँक्षी धेरै हुनु स्वभाविकै हो । तर अहिलेको अवस्थामा पहिला हामी र हामी भित्र म भन्ने मुल मन्त्रलाई हामीले लिएका छौँ । त्यहिभएर टुँगो लाग्न समय लाग्यो ।
आँफै चुनावी मैदानमा उत्रनुभयो नी ?
शुरुमा मेरो चाहाना यो भन्दा माथिल्लो स्थान प्रदेश वा केन्द्रमा जाने नै हो । पार्टीमा लागेपछि माथिल्लो जिम्मेबारी लिने सवैको चाहाना हुन्छ । तर सिँगो पार्टी र नागरीकले यहि रहन आग्रह गर्नुभयो । मैले पनि मेरो ठाउँमा केहि गरेँ भने अरु ठाउँमा जानको निम्ती समय छ भन्ने सोचेँ । मैले मेरो ठाउँलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच विचार गरेर सवैको आग्रहलाई अस्वीकार गर्न सकिन । सवैको आग्रह र सहमतीमा म उम्मेदवार बनेको हुँ ।
असन्तुष्ट पक्ष छ कि छैन ? अथवा अन्य दावि गर्नेहरुको सहयोग कस्तो छ ?
मैले अघि पनि भनि सकै पहिला हामी र हामी भित्र म हाम्रो मुलमन्त्र हो । साथिहरु सवै योग्य हुनुहुन्छ । पार्टीले मलाई जिम्मेवारी दिएको छ । यो पार्टी मात्र नभएर नागरीकहरुको पनि माग हो । पार्टीले व्यक्तीगत भन्दा पार्टीलाई जिताउने लक्ष्य राखेको छ । अपसी छलफलमा सवैको सहमतीमा उम्मेदवार बनेको हुँ । असन्तुष्टी भन्ने छैन । हामी सवै सँगै चुनावी प्रचार प्रसारमा सँगै हिँडेका छौँ । सवैको सहयोग पाएको छु । मेरो नगरपालिका मात्र हैन पुरै जिल्लामा सवै आकाक्षीहरु एक भएर प्रचार प्रचार प्रसारमा हिनेका छौँ ।
जनताको विचमा जाँदैगर्दा यसअघिका निर्वाचन र अहिलेको निर्वाचन के फरक छ ?
पक्कैपनि दुई दशकमा निर्वाचन भएको छ । जनता निर्वाचनको प्रतिक्षामा छन् । आफ्ना जनप्रतिनिधीद्धारा आफ्नो क्षेत्रमा विकास निर्माणको नेतृत्व लिएको नागरिक चाहान्छन् । पहिलेको भन्दा फरक निर्वाचन भएकोले जनताहरु थप उत्साहित र सकरात्मक भएको पाएको छ ।
नेपाली काँग्रेसले नागरिकको मन जित्ने विश्वासका आधारहरु के हुन् ?
नेपाली काँग्रेसको इतिहास साक्षि छ । २००७ सालमा प्रजातन्त्र स्थापना, राणा शासनको अन्त्य, लोकतन्त्र, गणतन्त्र स्थापना नेपाली काँग्रेसकै नेतृत्वमा स्थापना भए । जनप्रतिनिधीद्धार बनाईको ऐतिहासिक सविधान नेपाली काँग्रेसकै नेतृत्वमा आयो । नेपाली काँग्रेस प्रति जनताले गर्ने विश्वास भनेकै नेपाली काँग्रेसको इतिहास हो । मुलुकमा दिर्घकालिन र दिगो विकास निर्माण र उपलब्धीमुलक परिवर्तनहरु नेपाली काँग्रेसकै नेतृत्वमा भएको छ । जनता बौद्धिक छन् । मूलुकको अस्थीर राजनितिको विकल्प नेपाली काँग्रेसलेनै समाधान गरेको छ ।
स्थानिय तह मध्ये बेसीशहर नगरपालिका र सिँगो जिल्लामा मुख्य प्रतिष्पर्धी कुन दल मान्नुहुन्छ ?
अहिले बाम एकताको नाममा नेकपा माओबादी र नेकपा एमाले विच गठबन्धन भएको छ । तर जनताले अहिले यो गठबन्धनलाई राम्रै सँग चिनेका छन् । मलाई चरम प्रतिष्पर्धा हुन्छ जस्तो पनि लाग्दैन । अहिले अधिकाँश नागरिकहरु पार्टी भन्दा ब्यक्तीविशेष मुल्याँकन गर्छन । एउटा कुरा भन्नेपर्ने हुन्छ । अव पनि नागरिकले पार्टी भनेर योग्य प्रतिनिधी छनौट गरेनन भने हामी धेरै पछाडी पर्छौ । यतिवेला व्यक्तीगत स्वार्थभन्दा हाम्रो क्षेत्रको विकास गर्ने भिजन, योजना भएको व्यक्ती छनौट गर्नुपर्छ । त्यो अनुभव र क्षमता म सँग छ यसैले मेरो प्रतिष्पर्धा पार्टी वा व्यक्ती भन्दा अवको नेतृत्वका लागि सक्षम व्यक्ती जनताले चिनेका छन् भन्ने हो ।
विकास निर्माणमा तपाईको व्यक्तीगत अनुभव के छ ?
म अहिले नेपाली काँग्रेसको जिल्ला सभापती हुँ । तर त्यो भन्दा पहिले मैले विकास निर्माण र समृद्धिका लागि धेरै अनुभव लिएको छु । जव म युवा थिएँ मैले शुरुमा बेसीशहरकै त्रिवेणी युवाक्लवको नेतृत्व लिएको हो । जव मैले क्लवको अध्यक्ष भएर युवाहरुको नेतृत्व लिए त्यसपछि युवाहरुको चाहाना र आवश्यकताकालागि धेरै सँघर्ष गरेको छु र मैले बनाएको योजनाहरुमा म सफल भएको छ ।
यस्तै म लमजुङ उद्योग बाणिज्य सँघको अध्यक्ष भईरहदा केहि नयाँ गरुँ भनेर काउलेपानीको प्रवद्र्धनमा लाग्यौ, काउलेपानी अहिले नेपालकै उत्कृष्ट होमस्टे गाउँ बन्यो । हामीले विगत देखि आयोजना गर्दै आएका महोत्सवहरु कहिल्यै नाफामा गएका थिएनन् तर मेरो नेतृत्वमा भएको महोत्सवमा १५ लाख भन्दा बढि रकम नाफा गर्न सकेका थियाँै । सरकारी बैँकहरुको झन्झटबाट दिक्क भएकाबेला मेरै नेतृत्वमा प्यासेफिक बैक स्थापना गरेर निजी बैक शुरु गरेका थियाँै अहिले जिल्लामा निजि बैकहरुबाट छिटो छरितो सेवा पाएका छौँ, स्वास्थ्य क्षेत्रमा हामीले अस्पताल शुरु गरेका छौँ, जिल्ला अस्पतालमा नपाएको सेवा हामीले हाम्रो अस्पतालबाट दिन सकेका छौँ । जिल्लाको सदरमुकाममा रहेको क्याम्पसको नेतृत्व गर्दै गर्दा थुप्रै शैक्षिक सुधार भएका छन् । क्याम्पसको प्रशासनिक सुधार सँगै विद्यार्थीको चाहाना र आवश्यकता अनुसारका विषय केन्द्रित शिक्षा प्रदान गर्न सकेका छौँ । जिल्लामा जलविद्युतमा लगानी गर्न जिल्ला बाहिरका लगानीकर्ता डराईरहेका बेला जलविद्युत लगानी मैत्री बनाउन सकेका छौँ । अहिले जिल्ला बाहिरका मात्र होईन जिल्ला भित्रकाहरुले पनि जलविद्युतमा निर्धक्कसाथ लगानी गर्न पाएका छन र गरेका छन् । मलाई लाग्छ जव हामी समृद्धि चाहान्छौ हामी सफल हुन्छौ । मैले जहाँ नेतृत्व लिएको छु म सफल भएको महशुष गर्छु ।
चुनाव महँगो हुने भयो भनिन्छ, उम्मेदारले खर्च व्यबस्थापन कसरी गर्नेछ ?
पक्कैपनि चुनाव महँगो भएको छ । अहिलेको समयनै महंगो छ । यसको अर्थ फजुल खर्चले चुनाव महँगो भएको होईन । म यसमा मितव्यीता अपनाउछु । निर्वाचन आयोगले दिएको सिमा भित्र रहेर चुनाव सम्पनन गर्न म प्रतिवद्ध छु ।
चुनाव जितेपछिका तपाईका प्राथमिकता के हुन ?
मैले पहिले पनि भनेको छु कि समृद्ध बेसीशहर मेरो पहिलो प्राथमिकता हो । व्यबस्थीत शहर, सुन्दर शहर र नेपालकै नमूना नगरपालिका बनाउने म सँग योजना छ । यहाँको श्रोत सम्पदालाई आवश्यक सम्वद्र्धन, प्रवद्र्धन गर्दै समग्र विकास मेरो लक्ष्य हो । यहाँको भौतिक विकास सँगै पर्यटन विकास, जलविद्युत विकास, कृषि विकास शैक्षिक विकास, स्वास्थ्यमा थप सुधार मेरा प्राथमिकता हुन् । मुख्यकुरा विकास र परिवर्तन जनताका आवश्यकता हुन् । जनताको आवश्यकता अनुसारका योजनामा म दिनरात खट्ने छु ।
अन्त्यमा केहि भन्नुहुन्छ ?
अवश्यपनि स्थानिय तहको निर्वाचनको अन्तिम सँघारमा छौँ । म सवै नागरिकलाई आग्रह गर्न चाहान्छु कि अहिलेको चुनावमा स्वार्थमा लिन भएर सहि नेतृत्व छनौट गरेनौ भने हामी दशकौ पछाडि पर्छौ । मेरो आग्रह छ, सहि नेतृत्व छनौट गर्न हामी सवै सक्षम छौँ, योग्य उम्मेदवारलाई जनताले चिन्छन् । म मलाई नै भोट दिनुस भन्दिन तर योग्य र सक्षम नेतृत्व छनौट गर्नुस, जसले हाम्रो भविष्य कोर्न सक्छ । प्रत्येक नागरिकले भावि सन्ततीको लागि सोचेर अहिले नेतृत्व छनौट गर्नुपर्छ । अहिले हामी व्यक्तीगत स्वार्थ, पार्टीगत स्वार्थमा लिन भयौँ भने हाम्रा सन्ततीले हामीलाई धिक्कार्नेछन् । धन्यबाद, जयनेपाल ।

0 comments
प्रतिक्रिया दिनुहोस्...