-->
सावधान !! तुलसीको फाईदा मात्रै हैन बेफाईदा पनि छन् -
Advertisement

एजेन्सी । हामी सबैले तुलसीको फाइदाको बारेमा सुन्दै आएका छौँ । तुलसीमा पाइने स्वास्थ्यवर्द्धक गुणका कारण यसलाई हामी रोप्ने गर्दछौँ । तुलसीले सानोदेखि ठूल्ठूला रोगहरुलाई ठिक गर्ने गर्दछ । यस्तैमा तुलसीको पनि केहि नकारात्मक पक्षहरुको बारेमा पनि जान्नुहोस्।
१. रगतलाई पातलो गर्दछ
तुलसीको अत्यधिक सेवनले तपाईंको रगत पातलो हुनसक्छ । त्यसकारण वालफरिन र हेपरिनजस्ता औषधीको सेवन गरिरहेका रोगीहरुले तुलसीको सेवन गर्न नहुने बताइएको छ किनभने तुलसीले यी औषधीमा पाइने रगत पातलो गर्ने गुणको गतिलाई बढाउन सक्छ । यो गति एउटा ठूलो समस्याको कारण बन्न सक्छ ।
२. हाइपोग्लाइसिमिया
हाइपोग्लाइसिमिया एउटा यस्तो स्वास्थ्य समस्या हो जसमा रोगीको रगतको ग्लुकोजको स्तर असामान्य रुपमा कम हुने गर्दछ । धेरैजसो मानिसहरु आफ्नो रगतको उच्च ग्लुकोजको मात्रालाई घटाउनका लागि तुलसीको सेवन गर्ने गर्दछ । यदि मधुमेह र हाइपोग्लाइसिमियाका बिरामी औषधीका साथसाथै तुलसीको सेवन गर्छन् भने उनीहरुको रगतको ग्लुकोजको स्तर अझ कम हुनसक्छ। अतः यो निकै हानिकारक साबित हुनसक्छ ।
३. प्रजनन् शक्तिलाई प्रभावित गर्नसक्छ
तुलसीको अत्यधिक सेवनले पुरुषहरुको प्रजनन शक्तिलाई प्रभावित तुल्याउने गर्दछ ।
४. गर्भवती महिलाहरुमा प्रभाव
यदि गर्भावस्थामा महिलाहरुले तुलसीको अत्यधिक सेवन गरेमा यसको असर दुबै महिला र बच्चालाई पर्ने गर्दछ । तुलसी खानाले गर्भवती महिलाको गर्भाशय खुम्चिन सक्छ जसले बच्चाको जन्मको क्रममा समस्या पैदा गर्न सक्छ र पछि गएर महिनावारीमा समस्या पैदा हुनसक्छ ।
५. ड्रग इन्टरेक्सन
तुलसीको सेवनले हाम्रो शरिरमा केहि औषधीहरुको प्रक्रियामा बाधा पुर्याउने काम गर्दछ । डायजेपाम र स्किपलमिन यस्ता औषधीहरु हुन् जसले चिन्ता, उल्टी, डरलाई कम गर्नमा मद्दत गर्दछ । तर तुलसीले यी दुबै औषधीको प्रभावलाई कम गर्ने गर्दछ जसका कारण रगतमा औषधीको स्तरमा वृद्धि अथवा कमी गर्ने गर्दछ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.