Advertisement
|
काठमाडौं । नेकपा एमालेले बैशाख ३१ गतेको चुनाव पछि सार्न औपचारीक प्रस्ताव गरेको छ । वैशाख ३१ को निर्वाचन मिति केही दिन सार्ने र जेठ ३१ गतेको चुनाव कहीदिन अघि सारेर एकै चरणमा गर्न एमालेले प्रस्ताव गरेको हो । सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको छलफलमा एमालेले चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । कांग्रेस सभापति देउवा सहितका नेताहरु छलफल गर्न ओली निवास बालकोट पुगेका थिए । एमालेले बजेठ अघि जेठ १२ गते चुनाव गर्न प्रस्ताव गरेको छ ।
कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न प्रस्ताव गरेका थिए । सकेसम्म सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न प्रस्ताव गरेकोमा एमाले अध्यक्ष ओलीले संसोधन पारित हुन नदिने अडान लिएको एमालेले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...