-->
गोलभेँडाको सुप खादा हुने फाइदाहरु
Advertisement

एजेन्सी । गोलभेँडा बिना हाम्रो तरकारी नै खल्लो हुन्छ । हामीले गोलभेँडा चट्नि, तरकारीमा, सुप बनाएर खान सकिन्छ ।
जान्नुहोस् गोलभेँडाको सूप खानुका फाईदा
१. हड्डिको लागि लाभदायक
यसमा पाइने भिटामिन के र क्याल्शियमले हड्डिलाई बलियो बनाउनमा मद्दत गर्छ । गोलभेँडाको सूप दैनिक पिउनाले शरीरमा भएको ट्यूमर न्युक्रेसिस फ्याक्टर (एक प्रकारको तत्व जुन सक्रिय भयो भने क्यान्सर हुने सम्भावना बढ्छ) लाई ३४ प्रतिशत घटाइदिन्छ ।. शरीरमा लाइकोपीनको कमीले हड्डिमाथि तनाव बढ्छ । गोलभेँडामा लाइकोपीन पनि पाईन्छ जसको नियमित सेवनले तपाई रोगहरुबाट बच्न सक्नु हुन्छ ।
२. दिमागलाई स्वस्थ राख्छ
गोलभेँडाको सूपमा पर्याप्त मात्रामा कपर पाईन्छ, जसले हाम्रो दिमागको स्नायू प्रणालीलाई ठीक राख्छ । यसमा पोटाशियमको मात्रा पनि धेरै हुनाले दिमागलाई तेजिलो र बलियो बनाइराख्छ ।
३. भिटामिनहरुको स्रोत
गोलभेँडाको सूप भिटामिन ए र सी का स्रोत हो । भिटामिन ए, टिशू विकासका लागि आवश्यक हुन्छ । शरीरमा दैनिक १६ प्रतिशत भिटामिन ए र २० प्रतिशत भिटामिन सी को आवश्यक्ता पर्छ, जुन आवश्यक्ता गोलभेँडाको सूप पिएर पूरा हुन्छ ।
४. तौल घटाउनमा मद्दत गर्छ
गोलभेँडाको सूप जैतूनको तेलमा बनाएर पिउने हो भने त्यसले तौल घटाउनमा मद्दत गर्छ । यसमा पानी र फाइबरको मात्रा धेरै हुन्छ , जसले तपाईलाई लामो समयसम्म भोक लाग्दैन ।
५. क्यान्सर
गोलभेँडाको सूपमा लाइकोपीन र क्यारोटोनोइड र एन्टी–अक्सीडेन्ट हुन्छ, जसले महिला र पुरुष दुबैमा क्यान्सर हुने सम्भावना घटेर जान्छ । हफ्ता तीन दिन गोलभेँडाको सूप पीउनाले स्तन , प्रोस्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।
६. डायबिटीज
डायबिटीजका रोगिहरुको खानामा गोलभेँडाको सूप दैनिक समावेश गर्नुपर्छ । यसमा क्रोमियम हुन्छ , जसले ब्ल्ड शुगरलाई नियन्त्रणमा राख्छ ।
७. रक्त सञ्चार
गोलभेँडामा सेलेनियम पाईन्छ, जसले रक्त सञ्चालन प्रक्रियालाई बढ़ाउँछ । जसले गर्दा रक्त अल्पता हुने खतरा कम हुन्छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.