Advertisement
|
नेपाली बजारमा हुन्डाईको ग्राण्ड आइ टेन गाडीको लेटेष्ट भर्सन सार्वजनिक भएको छ। हुण्डाई गाडीका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले एक समारोहकाबीच २०१७ ग्राण्ड आइटेन फेस लिफ्ट गाडी सार्वजनिक गरेको हो। भारतमा निकै लोकप्रिय बताइएको सो कार इन्डियन कार अफ दि इयर २०१४ घोषित भएको थियो ।
सुरुवात देखिनै ग्राण्ड आइ टेन आफ्नो वर्गको एक उत्कृष्ट उत्पादन रहिआएको र धेरै भन्दा धेरै ग्राहकहरुको मन जित्न सफल भएकोले आगामी दिनहरुमा पनि नयाँ ग्राण्ड आइ टेन सोही किसिमको अनुभव र सुविधा प्रदान गर्न विश्वस्त रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले बताए ।
यो कारको बाहिरी आवरण र भित्री सजावट निकै उत्कृष्ट रहेको छ । ५ सिट क्षमताको यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गार्दा ठोक्किने समस्यालाई मध्यनजर गर्दै यो कारमा सेन्सर र क्यामरा जडान गरिएको छ जसलाई कार भित्र रहेको ७ इन्चको स्क्रिन बाट हेर्न सकिन्छ ।
यो कारको माग्ना मोडलको ग्राण्डको सुरुवाती मूल्य २६ लाख ९६ हजार पर्दछ। स्पोटिर्जको २८ लाख ९६ हजार देखि ३४ लाख ५६ हजार रुपैयाँ मुल्य निर्धारण गरिएको छ । त्यसैगरि अस्टाको ३२ लाख ५६ हजार मूल्य तोकिएको छ। नयाँ ग्राण्ड आइटेनमा कुल ग्लोभ बक्स पनि छ। जहाँ पानी, फलफुल तथा जुसहरु राख्न सकिन्छ। गर्मीको समयमा त्यहाँ राखेका तरल र ठोस पदार्थ चिसो बनाएर खान सकिन्छ। यस गाडीमा पछाडि बस्नेहरुलाई पनि एसीको छुट्टै व्यवस्था छ।
अन्य गाडीहरुमा अगाडिमात्र एसी हुने र पछाडि बस्नेलाई एसीको सुविधा लिन केहीबेर कुर्नुपर्ने भन्दै कम्पनीले रियर एसी भेन्ट्स अप्सन राखिदिएको छ। अगाडि र पछाडि बस्ने सबैले एकैपटक एसीको सुविधा लिन मिल्छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...