-->
बम्जनको मैत्री धर्म के हो, उनी प्रवचनमा के भन्छन्?- शृंखला
Advertisement

बाराका रामबहादर बम्जन १४ वर्षको उमेरमा तपस्या गर्न भनेर घरबाट हिँडेका थिए। बाराकै जंगलमा केही महिना तपस्या गर्दै गरेको भेटिएका उनी त्यसपछि घरि एक्कासि हराउँथे त घरि गाउँलेसँग झगडा गरेर विवादमा तानिन्थे। कहिले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्थे त कहिले देश दौडाहामा निस्कन्थे। एघार वर्षअघि तपस्वीका रूपमा जंगलमा भेटिएका उनै रामबहादुर बम्जन अहिले आफू नै ‘परमात्मा’ भएको दाबी गरिरहेका छन्। र, ललितपुरको चुनिखेलमा बडो तामझामका साथ विश्व मैत्री शान्तिपूजा गर्दैछन्। अबको यात्रा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने उनका अनुयायीहरूको भनाइ छ। २०६२ जेठदेखि ६ वर्ष तपस्या गरेको भनिएका बम्जनको दाबी छ– ‘मैले सृष्टिको रहस्य बुझेँ। भगवान बुद्धको भन्दा बढी ज्ञान पाइसकेँ। अहिलेसम्मका सबै भगवान भनिएकाहरूभन्दा म माथि छु। अब यो जगतमा धर्मको शासन चलाउने जिम्मा मेरो काँधमा छ।’ रतनपुरी–५, बाराका २७ वर्षीय बम्जनले आफूले पाएको ज्ञान फैलाउन भन्दै सर्लाही, बारा, सिन्धुली, चितवन, लमजुङ, सिन्धुपाल्चोकमा शान्तिपूजा गरिसकेका छन्। दर्जनौं देशमा उनको नामका संघ खुलेका छन्। तीमध्ये कतिपय देशका अनुयायी ललितपुरमा जारी शान्तिपूजामा पनि सहभागी छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.