-->
अाजकाे राशिफल / २०७२ चैत्र ०४ गते बिहीबार  प्रकाशित मिति: बिहिबार, चैत्र ०४, २०७२  समय: ०:१५:५३ आजको पञ्चाङ्ग वि.सं. २०७२ चैत्र ०४ गते बिहीबार तदनुसार ई. सं. २०१६ मार्च १७ तारिख,
Advertisement

वि.सं. २०७२ चैत्र ०४ गते बिहीबार तदनुसार
ई. सं. २०१६ मार्च १७ तारिख,


किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य
उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३६, (चिल्लाथ्व)
इटहरी, सुनसरी, नेपालमा



सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०६:०५
बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र
सूर्यास्त : साँझ ०६:१२ बज


पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान
०६:१९ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे
फाल्गुन शुक्लपक्षको नवमी तिथि, दिउँसो
०१:४९ बजेसम्म, त्यसपछि दशमी तिथि,



आर्द्रा नक्षत्र, दिउँसो १२:०२ बजेसम्म, त्यसपछि
पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहानको
राती ०५:५३ बजेसम्म, त्यसपछि कर्कट
राशिमा,
सौभाग्य योग, दिउँसो १२:४२ बजेसम्म, त्यसपछि शोभन

योग,
कौलव करण, दिउँसो ०१:४९ बजेसम्म त्यसपछि तैतिल
करण,

आनन्दादि योग : काण, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा :
पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : दक्षिण,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
अग्निवास(होमादि),


आगामी ३ दिनभित्र पर्ने
व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), अन्नप्राशन


(पास्नी), कर्णवेध(कान छेड्ने),
अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी, घर
छाउने÷ढलान गर्ने,

०६ गते : आमलकी एकादशी
व्रत, अग्निवास(होमादि), घर छाउने÷ढलान गर्ने,


०७ गते : प्रदोष व्रत, गोविन्द द्वादशी,
रुद्राभिषेक(रुद्रीपूजा),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भाइबहिनीका तर्फबाट खुसीको
खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक
काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो
सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त
गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ सों सोमाय नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक सामाजिक
कामको दायित्व
थपिन सक्छ ।
भाँडाकुँडा,
घरायसी बन्दोबस्तका सामान र
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ
मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद
र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले
तपाईंको काममा सहयोग गर्नेछन् । मिष्ठान्न भोजन
मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा
२४ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आत्मनिर्णयको
क्षमतामा बृद्धि
हुनेछ । नयाँ
जोस र जाँगर
पलाउने छ ।
अन्न फलफूल
आदि कृषिजन्य
व्यवसायबाट
राम्रो आर्थिक
उपार्जन हुने योग छ । नोकरी र
बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार
आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने
अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र
शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,
डो) –
यात्रामा झमेला
आउनसक्छ,
त्यसैले
सवारी साधन चलाउँदा वा बाटो काट्दा होस
राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा
नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको
अभावमा मनमा अशान्ति र छटपटी व्याप्त
हुने छ । शरीरमा स्फूर्ति र उमंगको
कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लाभस्थानको
चन्द्रमा निर्बल
भएकाले समय
त्यत्ति बलियो
छैन तर कसैको
पनि अपमान
नगरेमा गरेका
कामधन्दा र
व्यवसायबाट
बेफाइदा हुँदैन । कुनै पनि भिखारी, माग्ने वा
याचकलाई सकेसम्म निराश नतुल्याउनु होला । सामाजिक
प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ ।
घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क ४ र
शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस
मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पितृधनबाट फाइदा
उठाउन सकिनेछ
। प्रशस्त
आम्दानी हुने सङ्केत छ, तर
आम्दानी गरिएको धन मनोरञ्जनात्मक
क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा
गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित
काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ३ र
शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १०
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्त वा
साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन्
। शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ
। यात्राको समय छ, तीर्थव्रत तथा देवालय
आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा
प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय
यापन हुन सक्छ । मनोरञ्जनात्मक काममा समय
व्यतीत हुनेछ । आजका लागि शुभअङ्क २
र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आठौं चन्द्रमाका
बाबजुद
शुभग्रहको
दृष्टि रहेकाले
आज
शरीर स्वस्थ रहने छ । चोटपटकको
सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल
हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर
मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल
एवं विपरीत परिस्थिति भए पनि ेसचेतता
अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः
यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।





धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा रमाइलो
वातावरण सिर्जना
हुनेछ,
साथीभाइ र आत्मीयजनसँग
भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता
अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय
वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क
१ र शुभरङ्ग कलेजी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ घृणि सूर्याय नमः यस मन्त्रको
कम्तीमा ७ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज गरिएका
जुनसुकै काममा
सफलता प्राप्त
हुनेछ । शत्रुले
तपाईंको छवि
बिगार्ने प्रयास
गरे पनि तिनको
क्रियाकलापले
उल्टै
उनीहरूकै हानि हुनेछ । व्यवसायिक
स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ ।
हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा
नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४
र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ महालक्ष्म्यै नमः यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साहित्यिक,
बौद्धिक तथा
प्राज्ञिक
गतिविधिमा संलग्न
हुने समय छ ।
आफन्तबाट
सहयोग र
हौसला प्राप्त
हुने छ । गरेका
कामको प्रशंसा हुनेछ । ज्ञान र सिप बाँडेर जस लिने
समय हो । मुखमा सरस्वती बसेको दिन छ ।
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ५
र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




मीन (दि, दु, थ, झ, ञ, दे, दो,
च, चि) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।
छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ ।
प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ ।
वैवाहिक जीवन र प्रणय तथा
प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । सन्तानपक्षको
मायामा कमी आउने छ । मनोरञ्जन र
खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क
५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः
यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि,
नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि
इटहरी, सुनसरी, नेपालको
अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र
नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार
मानी सूर्यसिद्धान्तको प्रयोग गरी
गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक
गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि,
वेधस्थान र विपरीत वेधस्थान समेतको गणना
गरिएको छ )


Advertisement

1 comments

जय होस गुरूको।

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.