Advertisement
|
जाडोमा ओठ फ्टनु वा सुख्खा हुनु सामान्य मानिन्छ । साधारणयता,
यदी ओठ धेरै नै फुट्न थाल्यो भने यसले थप
बिमारी बढाउन सक्ने संभावना पनि रहन्छ । तर प्राय
घरेलु औषधीकै प्रयोगले ओठ फुट्ने र सुख्खा हुने
समस्याबाट मुक्त पाइन्छ ।
१ झोल पर्याप्त पिउनुहोस् :
दैनिक आठदेखी १० ग्लास पानी पिउनु निकै राम्रो
हुन्छ । तपाईको शरिर सुख्खा भएपछि त्यसको पहिलो असर ओठमा
देखिने हो ।
२ ओठ कहिल्यै नचाट्नुहोस् :
मानिसहरु ओठ सुख्खा भएपछि त्यसलाई जिब्रोले चाट्ने गर्छन् । तर
त्यस्तो गर्दा ओठ अझै फुट्छ । तत्कालका लागि यसो गर्नाले
केही सहज हुनसक्छ । तर बिस्तारै तपाईको ओठमा रहेको
चिल्लोपना पनि यसरी जिब्रोले चाट्दा हराउन थाल्छ र तपाईको
ओठ थप सुख्खा हुन्छ । तपाईको ओठलाई छालामा रगड्नु भयो भने
त्यसले उल्टै इन्फेक्सन गर्छ । बरु त्यसको सट्टा तपाई ओठमा लगाउने
विभिन्न क्रिमहरु प्रयोग गर्न सक्नुहुनेछ ।
३ ओठ सफा गर्नुहोस् :
कुनै पनि क्रिम प्रयोग गर्नुअघि ओठको फुटेको भागमा डेड अवस्थामा रहेको
छाला हटाउनुहोस् । यसो गर्नाले ओठको घघाउ राम्ररी देखिन्छ
। तर तपाईको ओठलाई रगड्ने काम भने नगर्नुहोस् । आफैँ जान लागेको
छाला छ भने मात्रै हटाउनुहोस्, जर्बजस्ती गर्दा उल्टै
इन्फेक्सन हुनसक्छ । त्यसपछि क्रिम लगाएर आफ्नो ओठमा त्यसलाई
बिस्तारै दल्नुहोस् । त्यस्तै तपाईले चिननी वा नूनको रसलाई पनि
ओठमा दल्न सक्नुहुन्छ । त्यसमा ओलिभको तेल मिसाएर दल्दा पनि राम्रो
हुन्छ । त्यस्तै, तपाईले मन्जनको प्रयोग गरेर पनि ओठलाई सफा गर्न
सक्नुहुन्छ । यसले पनि तपाईको ओठको बिग्रिएका छालाहरु हटाउन
महत्वपूर्ण भूमिका खेल्छ । तर साबुनको प्रयोग नगर्नुहोला
किनकी साबुन वा फेसवासले तपाईको ओठलाई थप सुख्खा पार्छन्
।
४ क्रिम प्रयोग गर्नुहोस :
तपाईले ओठलाई ठीक राख्नका लागि त्यसलाई सफा गरेपछि
चिपस्टिक वा अन्य क्रिम प्रयोग गर्नुहुन्छ होला । तर याद गर्नुहोस्,
त्यसमा राखिएको च्याम्फोर र पेटोलियम जेली जस्ता
पदार्थहरुले तत्कालका लागि ओठलाई ठीक बनाएपनि पछि फेरि
सुख्खा बनाउने र त्यसैका कारण तपाईले पटक पटक त्यसको प्रयोग
गरिरहनुपर्ने अवस्था आउँछ । त्यसैले नरिवलको तेल, मह, बटर,
आलमण्डको तेल र अन्य प्राकेृतिक चिल्लो पदार्थयुक्र क्रिम प्रयोग
गर्नुहोस् । प्राकृतिक नौलीको प्रयोगले पनि तपाईको ओठ
ठीक पार्नसक्छ ।
५ तेल मिसाउनुहोस :
तपाईको ओठको उपचारका लागि केही तेल तपाईको ओठमा
लगाउदाँ हुन्छ । तर तपाईले तेल लगाउँदा त्यस्तो तेल स्वच्छ हुन भने
जरुरी छ । जस्तै, नरिवलको तेल, आलमण्ड तेल, जोजोवा तेल,
ओलिभ तेल, रोसिहिप तेल वा नौली लगाउँदा राम्रो हुन्छ ।
६ यदी चर्याउने छ भने त्यसलाई ठीक गर्न यसो
होस् ;
यदी तपाईको ओठ चर्याएर तपाईलाई हाँस्न समेत समस्या
भइरहेको छ भने त्यसका लागि तपाईले यि उपाय अपनाउनुस् ।
क) तपाईको ओठमा दैनिक रुपमा काँक्राको रस दलेर त्यस १० मिनेटसम्म
राख्नुहोस् । यो निकै प्रभावकारी हुन्छ ।
ख) तपाईले थोरै मह लगाएर ओठलाई केही ठीक
बनाउन सक्नुहुन्छ ।
७ केमिकल नभएको लिपिस्टीक र टुथपेस्ट प्रयोग गर्नुहोस् :
कस्मेटीक सामान जस्तै लिपिस्टिकको प्रयोगले पनि ओठ
सुख्खा हुनसक्छ । त्यस्तै ओठमा लगाउने अन्य क्रिमहरुले पनि उल्टै
अोठलाई सुख्खा बनाउँछन् । फ्लूराइडयुक्त मन्जनको प्रयोगले पनि ओठलाई
सुख्खा बनाउँछ । त्यसैले मन्जन प्रयोग गर्दा फलूराईड फ्रि मन्जन मात्रै
प्रयोग गर्नुहोस् । न्यानोमा बस्नुहोस

0 comments
प्रतिक्रिया दिनुहोस्...