-->
यो हो गरीबीलाई १ सेकेण्डमै चट् पार्ने र धनी बन्ने उपाय !
Advertisement

एजेन्सी – वास्तवमा मानिस जति धनी बन्दै गयो
उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर
आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र
गरीबबीच एउटा अचम्म किसीमको
दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई
अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन ।
भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी
गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि
वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको
गरीबी एकै छिनमा हटेर जानेछ ।
प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको
तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त
गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान
सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले
बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।
त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई
केही दिएका छेनौँ, त्यसैले तिमी गरीब
भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई
दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको
कुरा बुद्धलाई सुनायो ।
त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो
अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई
हात छ आवश्यक पर्दा सघाउन सक्छौँ । तिमीसँग मुख छ मिठो
बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी
कसरी गरीब भयौँ । गरीबी
तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो
गरीबी पनि आफै हटेर जानेछ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.