Advertisement
|
चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन
असाध्यै महत्वपूर्ण हुन्छ ।
– रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले
कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको
पानी खानु अझ लाभदायक हुन्छ ।
– चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व
प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई
ऊर्जा प्रदान गर्छन् ।
– चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि
उत्तम भोजन हो ।
– एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा
चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन
पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।
– चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो
हुन्छ ।
– रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले
पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ ।
पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन
सजिलै निस्किने सम्भावना रहन्छ ।
–चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
–रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ ।
चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता
कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
– बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ
लिनाले बाडुली रोकिन्छ ।
– चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो
हुन्छ ।
– नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट
बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले
पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग,
दाद आदि हराएर जान्छन् ।
– पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ ।
सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम
हुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...