Advertisement
|
एजेन्सी – चन्द्रमामा गाँउ बसाल्ने कुरा २०३० सम्ममा
वास्तविक बन्न सक्ने वैज्ञानिकले बताएका छन् । अन्तरिक्ष
यात्री र रोबोट प्रणालीबीचको
सहयोगले गर्दा उक्त गाँउ बनाउन सम्भव हुने उनीहरूको
भनाइ छ । नेदरल्यान्डमा आयोजित एक गोष्ठीमा
वैज्ञानिकहरूले उक्त कुरा बताएका हुन् । भविष्यमा चन्द्रमामा मानव
बस्ती बसाल्न सम्भावित खोजका लागि वैज्ञानिक, इन्जिनियर
र विशेषज्ञ टोली (युरोपियन स्पेस एजेन्सी–
इएसए) ले २०२० देखि २०३० सम्मा चन्द्रमामा बस्ती
भन्ने गोष्ठीको आयोजना गरेको हो ।
‘उक्त कल्पनालाई वास्तविक बनाउनका लागि चन्द्रमामा भएको स्रोतसाधन
हामी पृथ्वीमा भएका मानिसका लागि पर्याप्त छन
त भनेर हामीले गहिरो अनुसन्धान गरिरहेका छौं’ नोट्रे ड्याम
विश्वविद्यालय अमेरिकाका प्राध्यापक क्लाइभ निलले बताए ।
‘हामी त्यहाँ भएका स्रोत साधनबारे अध्ययन गरिरहेका छौ
। तर पनि उक्त स्रोत र साधन कसरी प्रयोग गर्ने भन्ने
अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौं । सत्यताको पुष्टि नगरी
त्यसको आकार, संरचना, रुप र जमिनको बारेमा बेल्न सक्ने अवस्था छैन
। पहिलो हामीले त्यहाँको जमिनबारे सत्य पत्ता लगाउन
आवश्यक छ’ निलले भने ।
उनका अनुसार अर्को चरणमा त्यहाँ भएका योग्य वस्तुको उत्पादन र
संशोधनमा जोड दिइने र अनुगमन निकासी प्रविधिको प्रयोगबाट
चन्द्रमामा बस्तीको सटिक अवतरण, नमुना राबोट फिर्ता गर्ने,
नुमना परीक्षण गरिने पनि निलले बताएका छन् । ‘उक्त
अध्ययनलाई सार्थक बनाउन जुटिरहेका छौ ।’ हाका–हाकी
मासिकबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...