-->
नवयुगको गाउँमा खुशीयाली, जन्मघरमा चाडवाडमा जस्तै उल्लास
Advertisement

इलाम, फागुन ५ । नवयुग श्रेष्ठ, जसले नेपाली
फुटबल इतिहासमा नवयुग नै ल्याइदिएका छन् । उनै नवयुगको
जन्म गाउँ इलाममा पनि यतिबेला खुसीयाली
छाएको छ ।
इलामको देउमाई नगरपालिका–४ मा जन्मेका नवयुगले भर्खरै
भारतको गुवाहाटीमा सम्पन्न १२औं साग फुटबलमा
आफूलाई चर्चित बनाए । उनले आफ्नो टोलीलाई उपाधि
मात्र दिलाएनन् एकै प्रतियोगितामा
२ ह्याट्रिकको कीर्तिमान कायम गरेर प्रतियोगिताकै
सर्वाधिक गोलकर्तासमेत घोषित भए ।
यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको सेमिफाइनलमा
माल्दिभ्सविरुद्ध ह्याट्रिकसमेत गरेका थिए । यो सफलताले
नवयुगलाई अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने पाँचौं
खेलाडीका रूपमा स्थापित गर्यो ।
नेपालले बहराइनलाई ३–१ ले हराएर बंगबन्धु गोल्डकपको उपाधि
उचाल्दा नवयुगले १ गोलको योगदान गरेका थिए । नवयुगको विशेष
योगदानले नेपालले साग फुटबलको उपाधि चुमेपछि देशभर
खुसियाली छाएको छ ।
यस्तै खुसीयालीमा छन् उनको जन्मगाउँ
मंगलबारेबासी पनि । उनको परिवार, आफन्त, उनलाई
स्कुलमा पढाउने गुरु, छिमेकी र साथीभाईले
नवयुगको सफलता आफ्नै सफलता जस्तो अनुभव गरेका छन् ।
इलाम सदरमुकामबाट ३० किलोमिटर पश्चिममा पर्ने मंगलबारे
केही समयअघिसम्म दुर्गम गाउँका रूपमा थियो ।
अहिले सडक र बजार बिस्तारसँगै बिस्तारै यो गाउँ सहरोन्मुख
हुँदैछ ।
यही गाउँको बुधबारे टोलमा रहेको नवयुगको
जन्मघरमा अहिले दशै, तिहारजस्तै चाड लागेको छ । उनको घरमा
आउने सञ्चारकर्मी, आफन्त र
छिमेकीले उनको परिवारलाई बधाई र शुभकामनाको ओइरो
लगाइरहेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.