Advertisement  
 | 
वि.सं. २०७२ फाल्गुन ०५ गते बुधबार तदनुसार ई. सं. २०१६
फेब्रुवरी १७ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु,
ने.सं. :— ११३६, (सिल्लाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान
०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ
०५:५४ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र
सूर्यास्त : साँझ ०५:५९ बजे
माघ शुक्लपक्षको दशमी तिथि, मध्यरात्रीपछि
१२:४० बजेसम्म, त्यसपछि एकादशी तिथि,
मृगशिरा नक्षत्र, बिहानको राती ०४:४२ बजेसम्म,
त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, साँझ ०५:०६ बजेसम्म,
त्यसपछि मिथुन राशिमा,
वैधृति योग, दिउँसो १०:३४ बजेसम्म, त्यसपछि विष्कुम्भ योग,
तैतिल करण, दिउँसो ०१:२४ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण,
योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,
आजको व्रत÷पर्व : शल्य दशमी,
आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी),
अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल
थाप्ने, गृहारम्भ, शिलान्यास(जग राख्ने), गृहप्रवेश, वास्तुमुहूर्त, घर
छाउने÷ढलान गर्ने, पुराणश्रवण,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व
तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : भीमा एकादशी व्रत,
भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), दीक्षाग्रहण,
०७ गते : भीष्म द्वादशी, प्रजातन्त्र दिवस,
नेवारी पर्व सन्याडुली, रुद्राभिषेक
(रुद्रीपूजा), अग्निवास(होमादि), कर्णवेध(कान छेड्ने),
अक्षरारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
०८ गते : शनिप्रदोष व्रत, सौभाग्यसूर्प दान, रुद्राभिषेक
(रुद्रीपूजा), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा
लगानी, घर छाउने÷ढलान गर्ने,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रशंसकहरू
बढ्ेछन् ।
सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ
। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन
हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा
सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा
सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां
राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मन दोधार
नबनाउनु होला,
नत्र तपाईंले
तिनलाई पूर्ण
उपयोग गर्न
सक्नुहुन्न ।
स्वास्थ्यस्थितिमा
असर पुग्ने
खानपान वा काममा
नियन्त्रण गर्नु
राम्रो हुन्छ ।
मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न
सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन
। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस
मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिश्रित प्रभाव
भएको दिन छ ।
आज दिउँसोबाट
मनमा उत्साह र
उमंगमा
सकारात्मकता
देखिन सक्छ, तर
भनेजस्तो
सफलता प्राप्त
नहुन सक्छ ।
असन्तुष्टि बढ्ने
छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा
सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि
समय दिन सकिंदैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको
कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक तथा
साँस्कृतिक
कार्यक्रममा
सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा
बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको
गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा
अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मातापिता र
अभिभावकवर्गको
स्वास्थ्यमा सुधार
आउने छ ।
कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन
सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ ।
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार÷व्यवसायमा
सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारमार्थिक काममा
खटिनु पर्ने योग
छ । परोपकार र
धार्मिक क्षेत्रमा
लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ ।
अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र
प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक
पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आलस्य र
थकानको अनुभूति
हुनेछ, उता
झर्को लाग्दो
यात्राको सम्भावना
पनि छ । अरुले
तपाईंका आन्तरिक
क्रियाकलापको
चियोचर्चो
गर्नेछन् । काममा
ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी
वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा
नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ३ र
शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्दव्यापार र
व्यवसायबाट राम्रै
लाभ हुन सके
पनि शैक्षिक र
बौद्धिक क्षेत्रमा
पनि
कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता
मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि
बेलुका घरायसी वातावरणमा केही सुधार आउने
छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ । वादविवाद, मुद्दामामिला र दैनिक
काममा चुनौतीको सामना गर्नुपर्ला । पाचनप्रणाली
र नसासम्बद्ध रोगले समेत दुःख दिन सक्छ । दृष्टिशक्तिमा
कमी आउन सक्छ । मातृशक्तिको उपासना र
विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा
फाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शैक्षिक,
प्राज्ञिक,
बौद्धिक र
चिन्तनमूलक
क्रियाकलापमा
ध्यान दिने समय
आएको छ,
व्यवहारिक
कारणले
दिउँसोसम्म समय
निकाल्न गाह्रो
भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । सन्ततिका लागि
आर्थिक पक्षमा लगानी बढ्न सक्छ । आज जोसँग
जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको
कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुवातमा मन
खिन्न भए पनि
आज गरिएको
प्रयासमा ढिलो
गरी
सफलता पाउनु
हुनेछ । डुबेको
धन उकास्न
दौडधूप गर्नुपर्छ
।
साथीभाइको जमघट वा भोजभतेरमा सहभागी
बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ ।
घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको
योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन
सामान्यतया राम्रै
दिन छ । वैदेशिक
व्यापार,
कृषिव्यवसाय र
नोकरी गर्नेहरूले अलि बढी सास्ती
ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर असन्तुष्टि र निराशा
बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको
गुणदोष सबैको जिम्मा लिंदै आफैंले नेतृत्व गरेमा काममा सफलता पाउनु
हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं
शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग,
करण आदिमा उल्लिखित समयादि इटहरी,
सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर :
८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार
मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको
हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं
बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको
गणना गरिएको छ )

 
0 comments
प्रतिक्रिया दिनुहोस्...