चितवनमा एमालेका ज्ञवाली विजयको बाटोमा
Advertisement
|
चितवन । भरतपुर महानगरपालिका नेकपा एमाले जित्ने लगभग निश्चित भएको छ । यसअघि गनिएको कांग्रेसको पकड क्षेत्रमा आएको मतको नजिता हेर्दा कांग्रेसका मतदाताको रोजाई पनि एमालेका देवी ज्ञवाली रहेका छन् । ४० प्रतिशतभन्दा बढी कांग्रेसको मतदाताको मत एमालेलाई आएको छ। मेयरमा एमालेका देवी ज्ञवालीबरिव २ हजार मतले अगाडी छन् ।
शनिबार बिहानसम्म ज्ञवालीे १८ सय २० मतले कांग्रेस माओवादीका साझा उम्मेदवार रेणु दाहाल भन्दा अगाडी छन् । उनले ३६ हजार ६ सय ६७ मत पाउनुभएको छ भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयर बनेकी दाहालले ३४ हजार ८ सय ४७ मत लपाएकी छन् । अब ६ वटा वडाको मतगणना बाँकी छ । ६ मध्ये २ वटा एमालेको पकड मानिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...