-->
नवनियुक्त उपप्रधानमन्त्री गच्छदार र मन्त्रीले लिए शपथ
Advertisement

काठमाडौं, वैशाख २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनलाई शपथ गराइएको हो ।
यसैगरी, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि सोमबारै पद तथा गोपनीयताको शपथ लिए ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीको उपस्थिति थियो । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.