Advertisement
|
नयाँ शक्तिका संयोजक एवंम पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेपाली राजनीतिमा चर्चित नाम हो । पुर्व माओवादी नेता समेत रहेका बाबुराम सधैभरी चर्चा र लोकप्रियताको चुलिमा रहन चाहने नेतामा पर्दछन । भट्टराई बृहत तत्कालीन माओवादी र सरकारबिच भएको शान्ती सम्झौता यता कहिल्यै आलोचित भएनन् र लोकप्रियताको ग्राफमा सबै नेताभन्दा माथी नै रहे । लगनशिलता र दृढतापूर्वक काममा लागिपर्ने भट्टराईको स्वभाव हो । अर्थमन्त्री हुँदा बाबुरामले प्राप्त गरेको सफलताले उनी युवाहरुका प्रिय पात्र मात्रै बनेनन् । समाजिक सञ्जालदेखि जनताका बिचमा उनको चर्चा जारी रहन्थ्यो । तर मुलुकमा संविधान निर्माण सँगसँगै भट्टराई सर्वाधिक आलोचनाका पात्र बन्न पुगे ।कुनै समय काम गर्ने नेताको उपमा पाएर छविमा ‘देवत्वकरण’ गरिएका बाबुरामको ग्राफ पछिल्लो समय खस्कदो अवस्थामा छ । जनमत निर्माणमा पछिल्लो समय सामाजिक संजालमा देखिएका बाबुराप्रतिका बुझाईले बाईबाई गरेको प्रष्टै देख्न सकिन्छ । संविधान निर्माणमा सधै र सबै हिसावमाले लागेर पनि जारी गर्ने अन्तीम समयमा उनले खेलेको भुमिका र तराईरमधेशको समस्या हल नगरी संविधान जारी गरे देश टुक्रिन्छ भन्ने अभिव्याक्ति दिएपछि भट्टराई एकाएक अलोकप्रिय र आलोचनाको केन्द्र बन्न पुगेका थिए ।
संविधान निर्माणको लागि संविधानसभाको सबैभन्दा महत्वपूर्ण संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व गर्न तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले दृढ इच्छा देखाए । संविधान निर्माणका सुरुवाती अवस्थामा उनले आफूले पाएको पदको सदुपयोग गर्दै संविधान निर्माणमा भूमिका पनि नखेलेका होइनन् ।
तर, जब कांग्रेस एमालेले संविधान निर्माणलाई अघि बढाउने बाटो लिए त्यतिबेलादेखि नै डा. बाबुराम भट्टराईको भूमिका र सक्रियतालाई लिएर शंका गर्न थालियो । परिवर्तनकामी संविधान बन्ने अभिलाषामा माओवादी अध्यक्ष प्रचण्डले पनि बाबुरामको सो भूमिकालाई समर्थन गरे । र, आलोचनात्मक समर्थनका बाबजुद तत्कालीन एमाओवादीले १६ बुँदे अगाडि नै सविधान निर्माणलाई अघि बढाउन तयार भएको सन्देश दियो ।
१२ वैशाखको भूकम्पपछि प्रमुख दलहरुले संविधान निर्माणलाई उच्च प्राथमिकतामा राखे । २५ जेठमा १६ बुँदे सहमति भयो र देशले संविधान निर्माणको बाटो लिने अवस्था आयो । त्यही १६ बुँदे सहमतिपछि २००७ सालदेखिको कार्यभार संविधानसभाबाट संविधान बनाउने मार्ग प्रशस्त भयो ।
केही असन्तुष्ट दल(मधेसी दल)को विरोधका बाबजुद व्यवस्थापन परिवर्तनका कैयौं मुद्दालाई सम्बोधन पनि गर्ने गरी संविधान निर्माण अघि बढ्यो । गणतन्त्र, धर्मनिरपेक्षता संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, आदिवासी, जनजाति, अल्पसंख्यकको हक र अधिकारलाई सुनिश्चत गर्ने गरि संविधान निर्माण अघि बढ्यो । जुन जनताको परिवर्तनको वर्षौदेखिको चाहना पनि थियो ।
तर, आफैंले उठाएका र जनयुद्ध लडेका विषय संस्थागत हुँदै गर्दा मुद्दाका जन्मदाता दल माओवादीका नेता डा. भट्टराई भने बागीका रुपमा देखिए । बल्ल पूरा हुन लागेको संविधान र जनताका अधिकारलाई व्याख्या गर्दै जाने प्रमुख दलको इमान्दार प्रयासलाई पनि नकार्दै भट्टराई फरकमतको भुमीकामा देखिए । उनलाई यसअघि लाग्ने गरेको भारतपरस्तको आरोप फेरि पनि लाग्यो । भारत र भट्टराई संविधान जसरी पनि रोक्ने पक्षमा हुनु संयोग या अन्य केही त्यो समयले प्रमाणित गर्नेछ ।
त्यसपछि आफ्नो पदीय मर्यादा विपरीत तराई मधेस विखण्डनको माग गर्दै हिड्ने र अभियान चलाउने केही मधेसी, जनजातिहरुलाई समेत भट्टराईले उचाल्ने अभियानमा लागे ।६० वर्षपछि पहिलोपटक जनताका प्रतिनिधबाट बन्न लागेको संविधानमा उनले भाँजो हाल्ने दुस्साहस गरे । दुई तिहाईभन्दा बढी मतले जन्मिन लागेको संविधानको मुल मर्ममै भट्टराईले आपत्ति जनाए । मधेस टुक्रिनेसम्मको अभिव्यक्ति दिएर भट्टराईले आफैंलाई नेपाली जनताको आँखामा बागी बनाए । काम गर्ने र विकासप्रेमी नेताको रुपमा स्थापित हुँदै आएका उनलाई त्यही घटनाबाट एकाएक लोकप्रियताको शिखरबाट मैदानमा झारीदियो ।
यस्तो थियो संविधानसभाबाट संविधान जारी हुनुपुर्व भट्टराईले लेखेको स्ट्याटस
भट्टराई अर्थमन्त्री हुँदा राजस्व संकलन गरेको विषय होस् वा प्रधानमन्त्री हुँदा जकेडिएको र साँघुरा गल्ली र बाटोलाई बढाउने काममा मानिसहरुले इमान्दारीपूर्वक भट्टरालाई सम्झनछन् । तर, यी सबै सकारात्मक कामलाई छायाँमा पार्दै भट्टराई संविधान निर्माणजस्तो एतेहिासिक उपलब्धी पुरा हुदाँ खुशी हुन सकेनन् ।
संविधान पाएकोमा देश दीपावली र स्वागतमा झुमेको बेला भट्टराई भने त्यसको विरुद्धमा खुलेयाम बोले । बोले । त्यसपछि भट्टराई हिरोबाट एकाएक जिरोमा आइपुगे । पार्टी नेतृत्वमा स्थापित हुन अनेक तिकडम गर्ने गरेको आरोप खेपेका उनलाई नयाँ शक्तिको भूतले सताएकोले आरोप त्यतीबेलै लागेको थियो ।
त्यसअघि माओवादी अध्यक्ष प्रचण्डको खुबै विरोध हुन्थ्यो । परिवर्तनका मुद्दा छोडे, अरुसंग सम्झौता गरे, प्रधानमन्त्री हुँदा बढी ‘इमोस्नल’ हुँदै जातीयताको मुद्दा उठाए भनेर उनलाई खुब आलोचना गरिन्थ्यो । संविधानसभाबाट संविधान बनाउने दिशामा जब प्रचण्डले जुन अडान लिए, वर्षौको गाँठो फुक्दै संविधान निर्माणले सफलता प्राप्त गर्यो ।
ऐतिहासिक संविधान निर्माणमा सम्पूर्ण विश्वले स्वागत गरिरहँदा भारतले उल्टै, नेपालमा नाकाबन्दी (अघोषित रुपमा) लगाइदिंदा प्रचण्ड,केपी ओली खरो विरोधमा उत्रिए । चर्चाका लागि होइन व्यवहारिक रुपमै ‘नाकाबन्दी गरेर हिड्छौं, साइकल चढ्छौं तर, भारत विरुद्ध झुक्दैनौं, भारतको ऐसम्यान बन्दैनौं’ भनेपछि प्रचण्डको सर्वत्र चर्चा भयो ।
सामाजिक संजालमा उनलाई उछित्तो काट्नेहरु उनका अनुयायी झैं देखिए । अब यस्तो अवस्थामा भट्टराई नयाँ शक्तिलाई आफ्नो गुमेका शाखसहित फर्काउन सक्छन या उपेन्द्र यादवमा विलय भएर राष्ट्रिय राजनीतिको साधुरा पात्र बन्छन् ,त्यो हेर्न बाँकि छ । बाबुरामले गम्भीर समिक्षा गर्नेछन् प्रचण्ड राम्रो कि उपेन्द्र ?

0 comments
प्रतिक्रिया दिनुहोस्...