-->
कानको दुखाईमा वा संक्रमणमा के गर्ने ?
Advertisement

अनलाइनखबर

कानको दुखाई आम समस्या हो । खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्छ । स-सना बच्चा पनि कानको दुखाईबाट पीडित हुन्छन् ।
कान किन दुख्छ ?
–   कानभित्र पानी पर्‍यो भने
–   कानमा मैला जम्मा भयो भने
–   कानमा किरा पस्यो भने
–   कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने
कानको रोगको लक्षण
–   कान कम सुन्नु
–   कान चिलाउनु
–   कान दुख्नु
–   कानमा भारीपन महसुष हुनु
कानको संक्रमणबाट बच्न
के छ घरेलु उपचार ?
– तुलसीको पात पिसेर त्यसको केहि थोपा कानमा हाल्नुपर्छ । तुलसीको रस दिनमा दुईदेखि तीन पटकसम्म गर्नुपर्छ, कानको इन्फेक्सन कम हुन्छ ।
–   मेतीको दाना तेलमा हाल्ने र तताउने । जब यो सेलाउँछ, त्यसपछि छानेर प्रयोग गर्दा कानको दुखाई कम हुन्छ ।
–   लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ । सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केहि थोपा कानमा हाल्नुपर्छ । लसुनको रस कानमा हाल्दा पनि राम्रो हुन्छ ।
–   नीमको पातको रस केहि थोपा कानमा हाल्नुहोस्, कुनैपनि इन्फेक्सनमा उपयोगी हुन्छ ।
–   जैतुनको तेल कानको दुखाईमा रामबाणको काम गर्छ ।
–   कानको दुखाई कम गर्न प्याजको प्रयोग पनि उत्तम हुन्छ ।
(उल्लेखित विधीहरु अपनाउनुअघि चिकित्सकको परामर्श भने लिनुपर्छ)


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.