४२ हजार फिटमाथि विमानमा बच्चा जन्मियो
Advertisement
|
त २७ – एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माएकी छन् । गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् ।
२८ हप्ताकी गर्भवती नाफीलाई गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई नाफी विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए । उनले विमान ४२ हजार फिटमाथि रहेका बेला छोरी जन्माएकी हुन् ।
आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल लगिएको र अहिले दुवैको अवस्था
सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ । धेरै जसो एयरलाइन्सले ३६ हप्तासम्मका गर्भवतीलाई विमान चढ्न दिने गरेको छ । तर २८ हप्तादेखि डाक्टरको सिफारिस भने लिनु पर्ने व्यवस्था छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...