-->
भक्तपुरमा आफैले जन्माएको बच्चा मार्ने आमा पक्राउ, श्रीमानले यो के गरे ?
Advertisement

भक्तपुर, १७ चैत । आफैले जन्माएको बच्ची मारेको अभियोगमा चाँगुनारायण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेकोले तामाङको श्रीमान मेघबहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् । प्रहरीले उनको बताएको स्थानबाट बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साभार:दैनिक नेपाल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.