Advertisement
|
सायद करिश्मा कपुरले आफ्नो नयाँ व्वाइफ्रेन्डका विषयमा माइतीलाई बताइसकिन्। त्यसैले त बुवा रणधीर कपूरको ७० औं जन्मदिनको पार्टीमा सन्दीप तोषनीवाललाई लिएर पुगेकी थिइन्।
त्यसो त यो जोडीलाई बलिउडका थुप्रै पार्टीहरुमा सँगै देखिएको छ। तर बुवाकै बर्थडे पार्टीमा लैजानुले अब उनीहरुको सम्वन्ध सुनिश्चित भएको ठानिएको छ। किनकी यो एउटा पारिवारिक पार्टी थियो, जहाँ कपूर परिवारका अत्यन्त निकट मित्र र आफन्त मात्रै सहभागी थिए।
सामाजिक सञ्जालमा सो पार्टीका केही तस्बिरहरु भाइरल भएका छन्। तस्बिरमा सन्दीपर रणधीर र करिश्मा-करिनाकी आमा बबीता एकसाथ देखिन्छन्। यी तस्बिरहरुबाट करिश्मा र सन्दीप अब आफ्नो गुपचुप प्रेमलाई खुलेर दुनियाँका सामु सार्वजनिक गर्ने सोचमा रहेको बुझिन्छ।
सञ्जयकपुरसँगको वैवाहिक सम्वन्ध तोडेर करिश्माले सन्दीपसँग नाता जोडेकी हुन्। करिश्मा आफ्ना दुई छोराछोरीका साथ सन्दीपसँग लिभ इनमा रहेको चर्चा छ। यसअघि उनी माइतीघरमै बस्दै आएकी थिइन् । सन्दीप पनि विवाहित व्यक्ति हुन्। उनी आफ्नी श्रीमतीसँग डिभोर्स गर्ने प्रयासमा छन् । उनले आफ्नी श्रीमती मानसिकरुपमा असन्तुलित रहेको दावी गर्दै आएका छन् । सन्दीपका ११ वषिर्या ६ वषिर्या दुई छोरीहरु पनि छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...