Advertisement  
 | 
जुम्ला, ६ कात्तिक । जुम्लामा गरिब घर पहिचानको सूचीमा आठ हजार घरधुरी सिफारिस गरिएको छ ।
जिल्ला गुनासो सुनुवाइ समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले यो सूचीमा आठ हजार १९१ घरधुरी सिफारिसका लागि निर्णय गरेको हो ।
सरकारले गरिब घर पहिचानको सूचीमा परेकाको तथ्याङ्क सङ्कलनका लागि सुरुवात गरेको कार्यक्रमअन्तर्गत जुम्ला जिल्लामा यो सङ्ख्यामा गरिबको सूचीमा परेका घरधुरीलाई यहाँबाट अन्तिम स्वीकृत गरी पठाइएको प्रजिअ पण्डितले बताउनुभयो ।
राजनीतिकदलसहित सहभागी बैठकमा स्वीकृत गरिएको गरिबीको सूचीमा रहेका गाविस अनुसार बड्कीमा ३०४, विराटमा ३८९, बुम्रमाडीचौर १०४, चन्दननाथ ३०३, छुमचौर १७६, देपालगाउँ १७५, धापामा २२९, डिल्लीचौरमा ३६२, गज्याङकोटमा २०३, घोडेमहादेवमा २३६, गोठीचौरमा २५१, हाँकुमा ११४, कालिकाखेतुमा ३७४, कनकासुन्दरीमा २७४, कार्तिकस्वामीमा १७३ घरधुरी गरिब घर पहिचानको सूचीमा परेका छन् ।

 
0 comments
प्रतिक्रिया दिनुहोस्...